गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार परिवर्तनको चर्चा निराधार भएको बताएका छन् । गुल्मीमा कोभिड–१९ सङ्क्रमण तथा रोकथाम तथा नियन्त्रणका लागि आज तम्घासमा रेसुङ्गा नगरपालिकालाई पिसीआर मेसिन हस्तान्तरण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेकपाभित्र विद्रोह हुन्छ र पार्टी दुर्घटनामा पर्छ भनेर कसैले कल्पना गरेको छ भने त्यो गलत सावित हुन्छ भने।
नेकपाको एकता मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र राष्ट्रियताको लडाइँजस्ता धेरै कुरामा जोडिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले जनादेश पूरा गर्न वर्तमान सरकार सक्षम रहेको बताए । नेकपाका नेतासमेत रहेका मन्त्री ज्ञवालीले अहिलेको लडाइँ भनेको बेरोजगारी, विदेशबाट फर्किएकाहरुको व्यवस्थापन र नक्सामा समेटिएको भूभागलाई कसरी फर्काउने, देशको अर्थतन्त्रलाई मजबुत बनाउने एवं जनतालाई कसरी सुखी र समृद्ध बनाउने भन्ने कुरा नै मुख्य चुनौती रहेको धारणा व्यक्त गरे।
स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिडविरुद्धको लडाइँमा सफलता मिलेको भन्दै मन्त्री ज्ञवालीले विज्ञबाट अझै पनि सङ्क्रमण बढ्न सक्ने र खराबको स्थिति अझै सामना गर्न बाँकी रहेकाले त्यसको तयारीमा तीन सरकार लाग्नुपर्नेमा जोड दिए। मन्त्री ज्ञवालीको पहलमा हिमालय एयरलाइन्सले सहयोग गरेको पिसीआर मेसिन हस्तान्तरण गर्न उनी आज हेलिकोप्टरमार्फत मेसिन लिएर जिल्ला आएको हो ।
मन्त्री ज्ञवालीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई मेसिन हस्तान्तरण गरेका थिए । गुल्मीमा पहिलोपटक पिसीआर मेशिन उपलब्ध भए पनि यसको अन्य व्यवस्थापकीय तयारी गर्नुपर्ने भएका कारण जिल्लामा कोरोना परीक्षण गर्न एक महिना समय लाग्ने गुल्मी अस्पतालका डा उत्तम पाच्यले बताए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: