काठमाडौ । विगतका वर्षमा साउन महिना शुरु भएसँगै भरिभराउ हुने इन्द्रचोक र असन क्षेत्रका चुरा पोतेका पसलमा अहिले चहल पहल देखिदैन ।
काठमाडौंको मुख्य र पुरानो व्यपारिक स्थानका रुपमा रहेको ती क्षेत्रका चुरापोतेका पसलमा महिलाको चहलपहल छैन । बन्दाबन्दीले अन्य व्यापार व्यवसायमा जस्तै त्यहाँको चुरा पोतेको व्यापारमा पनि असर पुर्याएको छ । खरिद गर्ने मानिस आउनै छाडेपछि पसल खोलेर कुर्नु मात्र भएको व्यापारी सविर अहमद बताउछन् । उनी प्रश्न गर्छन्, “व्यापार नै छैन कसरी परिवार चलाउने रु” मल्ल कालदेखिको पुख्र्यौली पेशा धान्दै आएका उनी इतिहासमा कहिल्यै यस्तो अवस्था नआएको जिकिर गर्छन् ।
पोतेको व्यापार गर्दै आएका उनी विगतका वर्षमा मानिसको अत्याधिक भिडभाड हुने गरेको स्मरण गर्छन् । उनी भन्छन्, “अब व्यापार कहिले सामान्य अवस्थामा आउने हो, पत्तै छैन ।” विवाहको लगनमा मात्र पोतेको व्यापार भएको अहमदले बताए । उनी जस्तै यहाँका अर्का चुरा व्यापारी सुस्मिता चौधरीको दिनचर्या पनि उस्तै छ । विगतका वर्षमा दैनिक झण्डै रु ५० हजारको व्यापार हुने गरेकामा अहिले रु एक हजारको पनि व्यापार नहुने गरेको बताउछिन् । “व्यापारले घरभाडा जुटाउन पनि मुस्किल छ”, उनले भनिन् । सङ्क्रमणको डरले मानिसको सङ्ख्यामा कमी आएको उनको ठम्याइ छ । बन्दाबन्दीमा सामान कम आउने भएकाले मूल्य पनि केही वृद्धि भएको उनले बताइन् । जोखिम मोलेरै पसल खोले पनि दिनभर यसै बस्नुपर्ने अवस्था रहेको चौधरीको दुखेसो छ ।
व्यापार नभएका कारण परिवार धान्नै मुस्किल भएको अर्का व्यापारी आलोक मल्लले जानकारी दिए । उनी भन्छन्, “दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढै छ, ऋण गरेर चल्नुपर्ने अवस्था छ ।” यस्तै अवस्था आए भोकभोकै मर्नुपर्ने स्थिति आउने उनको बुझाइ छ । सङ्क्रमणको नाममा मनपरीतन्त्र बढेको उनको आरोप छ । “जनताप्रति सरकार उत्तरदायी छैन भने गणतन्त्र आउनुको के अर्थ रु”, उनको प्रश्न छ । कोरोनासँगै समाजमा मनोवैज्ञानिक त्रास बढ्दै गएको उनी बताउन् । राजनीतिक खिचातानीलाई छाडेर सरकारले जनताको अवस्थालाई बुझी नयाँ विकल्प खोजी हाल्नुपर्ने अवस्था रहेको उनको सुझाव छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: