काठमाडौ । कोभिड–१९ को जोखिमको समयमा सार्वजनिक यातायात सञ्चालन गर्दा श्रमिकको कोरोना बीमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधाआधा तिरिदिने सहमति भएको छ । यातायात व्यवस्था विभागमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीन मजदूर ट्रेड युनियन र महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच यस्तो सहमति भएको छ ।
त्यस्तै, यातायात श्रमिक कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारका तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष भमिज्वला राईले जानकारी दिए । यातायात श्रमिकका लागि आवश्यक पर्ने मास्क, स्यानिटाइजर, पन्जा, पिपिईलगायत सम्पूर्ण स्वास्थ्य सामग्रीहरू सम्बन्धित व्यवसायीले उपलब्ध गराउने सहमति भएको छ ।
त्यस्तै, स्थानीय सरकारले सङ्क्रमणको जोखिम कम गर्न बसपार्कलगायत स्थानमा खानेपानी, साबुन, सानिटाजइजरको व्यवस्था गर्ने तय भएको छ । विभागको बैठकमा केही दिनपहिले भएको बैठकमा सहभागी उपत्यकाका पालिकाका प्रमुखहरुले उपयुक्त स्थान छानेर सवारीसाधन निर्मलीकरणको व्यवस्था मिलाइने बताएका थिए ।
त्यस्तै, स्थानीय तहले सङ्क्रमणबाट बच्ने उपायका विषयमा समेत जनचेतना फैलाउनेछ । विभागले गत महिना सार्वजनिक यातायात सञ्चालनसम्बन्धी निर्देशिका बनाएको थियो । त्यसले स्वास्थ्य सुरक्षाका धेरै कुरा नसमेटिएको व्यवसायी र मजदूर सङ्गठनले बताउँदै आएका छन् । उनले भने, “कसको जिम्मेवारी के हुने भन्ने उल्लेख गरी निर्देशिका परिमार्जन गर्न विभागले तयारी गरिरहेको छ ।”
सरकारले गत २३ गते छोटो दूरीमा सार्वजनिक यातायात खुलाउने निर्णय गरे पनि अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै यातायातका साधन गुडिरहेका छन् । अधिकांशले स्वास्थ्य सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै सवारीसाधन सञ्चालन गरिसकेका छैनन् । सोमबार बसेको मन्त्रपरिषद्को बैठकले एक जिल्लाबाट अर्को जिल्लामा समेत सवारसाधन सञ्चालन गर्न सकिने निर्णय गरिसकेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: