Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

पाल्पामा तीतेपातीको तेल निकाल्न शुरु

तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए ।

उनले आगोबाट पानी तताई त्यसको बाफबाट मेशिनको प्रयोग गरी तीतेपातीको तेल निकाल्न थालिएको तर प्रविधिको सहयोग पाएमा काम छिटो छरितो र प्रभावकारी हुने हुँदा सरकारले यसको व्यवस्थापन गर्नुपर्ने बताए । करिब चार रोपनी जग्गामा रु १५ लाखको सानो मेशिन जडान गरिएको छ । उनले यसबाट काम गर्न समस्या रहेकाले ठूलो मेशिन स्थापना गरेर पाल्पामा पाइने अदुवा, बेसार तथा अन्य जडीबुटीसमेत प्रशोधन गर्न सकिने सुनाए ।

सहकारीले गाउँटोलमा पाइने तीतेपातीलाई प्रतिकिलो रु आठ मा खरिद गर्दै आएको छ । पाखो जग्गामा रहेको तीतेपातीबाट स्थानीयस्तरमा समेत स्वरोजगार सिर्जना हुने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । पाँच क्विन्टल तीतेपाती एक पटकमा पेल्दा एक लिटर तेल निस्कन्छ । एक लिटर तेललाई रु १० हजारसम्ममा बिक्री गर्न सकिन्छ ।

पाल्पामा पनि बेसार, अदुवा, तेजपातलगायतबाट समेत मनग्य आम्दानी लिन सकिने सहकारी संस्थाले जनाएको छ । गाउँघरमा प्रशस्तै औषधिजन्य जडीबुटी पाइए पनि यसको प्रशोधन सुविधा नहुँदा र महत्व नचिन्दा ओझेल परेकामा अब सहकारीले प्रशोधन यन्त्र उपलब्ध भएमा अन्य जडीबुटीलाई पनि प्रशोधित गर्ने र विदेशमा समेत निर्यात गरेर राम्रो आर्थिक उपार्जन गर्ने योजना बनाएको छ ।

नेपालमै उदाहरणीय कार्य गरेको सहकारीले बाँदर, बँदेल, दुम्सीलगायत जङ्गली जनावरले खेती खाइदिएर हैरान परेका पाल्पाली कृषकमा जङ्गल, खेतबारीमा समेत राम्रोसँगै फैलिनसक्ने तितेपातीबाटै पनि राम्रो आम्दानी गर्न सक्ने आशा पलाएको छ । सहकारीका सदस्य बुद्धिराज गौतमले फ्याँकिएका बिरुवाबाट पनि आम्दानी लिन सकिन्छ भन्ने ज्वलन्त उदाहरण तीतेपातीको तेल निकाल्ने कार्यले सबैमा उत्साह थपेको बताए । संस्थाले अहिले सात जनालाई रोजगारीसमेत दिएको छ । विसं २०५६ मा स्थापना गरिएको संस्थामा १६५ शेयर सदस्य छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy