सुदूरपश्चिम । अछामको रमारोशन गाउँपालिका–५ को कैलाश खोलामा आएको बाढीले निम्त्याएको बितण्डाबाट वडाध्यक्ष लक्ष्मण दमाइले मुस्किलले आफ्नो ज्यान जोगाउन सफल भए । उनी मुजाबगरस्थित खोला छेउमा रहेको एक होटलमा बास बसेको दिन मङ्गलबार राति १२ः०० बजेको समयमा खोलामा बाढीको बितण्डा मच्चिएको थियो ।
मुजाबगरदेखि दुई किलोमिटरको दूरीमा उत्तरतर्फ सोही खोलाको छेउमा रहेको सैनीबजारमा बाढीले ठूलो धनजनको क्षति पुर्याएको छ । “राति एक्कासि गड्याङगुडुङको ठूलो आवाज सुनिएपछि होटलको भुइँतलामा सुतेका सबैलाई ब्युँझाउन थाले”, दमाइले भने, “ढुङ्गा माटो सहितको बाढी होटलभित्र पस्न थालेपछि होटलको माथिल्लो तल्ला हुँदै ढोका तोडेर जमीनको अग्लो भागतिर हामफालेर ज्यान जोगायौँ ।”
भुइँतलाको कोठामा सुतेका अन्य तीन जनालाई ब्यूँझाएर ज्यान जोगाउन खोज्दा आफ्ना तीनवटा झोला बाढीमा बगेको उनले बताए । रमारोशन गाउँपालिका हुँदै बग्ने कैलाश खोला छेउमा सैनीबजार, खालबजार र मुजाबगर बजार छन् । बाढीपछि सैनी बजारका १७ जना बेपत्ता भएकामा छजना मृत भेटिएका छन् ।
रामारोशन गाउँपालिका–५ सैनी बजारका २२ वर्षीया बबिता बुढासाउद, ४५ वर्षीय अम्मर साउद, घाइते हिक्मतबहादुर शाहकी ३० वर्षीया श्रीमती गौरी शाह, ४८ वर्षीय चन्द्र साउद र नन्दु साउँदका १२ वर्षीय छोरा नवीन साउद तथा पञ्चदेवल विनायक नगरपालिकाकाकी ४५ वर्षीया लालसरा शाहीको शव फेला परेको थियो ।
बाढीमा परी बेपत्ता हुनेमा रमारोशन–५ सैनीबजारका ४७ वर्षीय नन्दु साउद, उनकी श्रीमती ४५ वर्षीया गङ्गा साउद, छोरा २३ वर्षीय रुपेश साउद, नातिनी प्राप्ति साउद र सासू आमा बीमादेवी साउद, सोही ठाउँका ५५ वर्षीया जोगा साउद र ४० वर्षीया पवित्रादेवी शाह छन् ।
यसैगरी समीर शाह, सम्झना शाह, वसुन्धरा साउद र वसन्त शाही पनि बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको भए पनि खोला ढुङ्गा लेदो माटोले पुरिएकाले बेपत्ता हुनेहरुलाई भेटाउने सम्भावना नदेखिएको जनाइएको छ ।
बाढीका कारण सैनीबजारमा रहेको हातेकागज उद्योग, अध्ययन केन्द्र, तरकारी सङ्कलन केन्द्रको घरसहित जम्मा २५ घरपसल बगाएको छ । सैनीबजारमा राति सुतिरहेकामध्ये हिक्मतबहादुर शाहको मात्र ज्यान जोगिएको छ । बाढीले घर भत्काउँदा घाइते भएकी शाहकी दुई श्रीमतीलाई बाढीले बगाएको थियो । कान्छी श्रीमतीको शव फेला परेकामा जेठी श्रीमतीको अवस्था आजसम्म अज्ञात छ ।
बजारदेखि नजीकै रहेको अग्लो भूभागमा नेराकोटा र सेरी गाउँ छ । यी गाउँका बासिन्दाको सैनीबजारमा रहेका आफ्ना घरपसलमा दिउँसोको समयमा व्यापार–व्यवसाय गरेर राति गाउँ फर्किन्छन् । बाढी पसेको मङ्गलबार राति भने सैनीबजारमा १८ जना बसेका थिए । यीमध्ये हिक्मतबहादुर शाह घाइते अवस्थामा भेटिएका थिए ।
रातिको समयमा नसोचेको घटना हुँदा धनजनको ठूलो क्षति हुन पुगेको गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले बताए । रावलले उक्त घटनामा सैनीबजारका नन्दु साउदसहित उनका परिवारका आठजना बेपत्ता भएको बताए । “फेला परेका शवको बिहीबार राति ११ः०० बजे दाहसंस्कार गर्यौ”, रावलले भने, “११ जनाको अवस्था अझै अज्ञात छ ।”
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: