चितवन । इलाका प्रहरी कार्यालय चनौलीले ४५ किलो गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको धाक्रे गाउँपालिका—३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङ रहेका छन् । भरतपुर महानगरपालिका—१८ चनौली बजारमा चेकजाँचका क्रममा वा३ख ७९५८ नम्बरको ट्रकमा लुकाइछिपाइ ल्याएको सो परिमाणको गाँजासहित दुबै जनालाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ । इन्द्र ट्रकका चालक हुन भने दोर्जे सहचालक रहेको प्रहरीले जनाएको छ ।
खोलाले बगाउँदा बालिकाको मृत्यु
राप्ती नगरपालिका—१३ कान्दामा खोलाले वगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका १२ वर्षीया सम्झना चेपाङ्ग रहेकी छन् ।
राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो । खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाएकोमा राति अवेर उनको शव भेटिएको उनले जानकारी दिए । घटना स्थलमा आज प्रहरी जाँदै गरेको उनले बताए ।
चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ । सडक बिग्रेकाले गाडी नचल्दा पैदल नै जानुपर्ने भएकाले केही समय लाग्ने प्रहरीले जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: