काठमाडौं । कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे परेको छ ।
आजको नागरिक दैनिकमा खबर छ - काठमाडौं उपत्यकालगायत मुलुकका ५२ जिल्लामा निषेधाज्ञाका कारण खपत घटिरहेका बेला केही तरकारीको भाउ सतप्रतिशतसम्म महँगो भएको छ । तरकारीको खपत घटेको बेला मूल्य घट्नुपर्नेमा ठीक उल्टो भएर भाउ बढेको हो । कोरोनाका कारण क्रयशक्ति गुमाइरहेका बेला महँगी बढेपछि दैनिक ज्यालादारी गर्ने, निजी क्षेत्रमा काम गर्ने, सानोतिनो व्यवसाय गर्ने र विद्यार्थी मर्कामा परेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार खाद्यवस्तुको मूल्य वृद्धि दर गत सालको तुलनामा दोब्बरभन्दा बढी छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ८.१६ प्रतिशत पुगेको छ । पोहोरको तुलनामा मुद्रास्फीति ५.०७ प्रतिशतले बढेको हो । पोहोर खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति वृद्धिदर ३.०९ प्रतिशतमा सीमित थियो ।
कोरोनाको कारण उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा आयात तथा ढुवानीमा कठिनाइ भएपछि भाउ बढेको व्यापारी बताउँछन् ।
गत वर्षको तुलनामा आलुको भाउ एक सय १९ प्रतिशत बढेको छ । पोहोर भदौ पहिलो साता २६ रूपैयाँ किलोमा बिक्री भएको आलु अहिले बढेर ५९ रूपैयाँ पुगेको छ । काउलीको भाउ करिब सतप्रतिशत बढेको छ । पोहोर ६८ रूपैयाँमा बिक्री भएको स्थानीय काउलीको मूल्य एक सय ३५ रूपैयाँ पुगेको छ ।
कालीमाटीमा गोलभेंडाको थोकमूल्य ७० रूपैयाँ किलो भए पनि खुद्रामा एक सय रूपैयाँ किलोमा बिक्री भइरहेको छ । घिउसिमी मूल्य एक सय ४० प्रतिशत, परवल ८३ प्रतिशत, भिन्डी ९४ प्रतिशत र सागको मूल्य ५० प्रतिशतले बढेको छ ।
अहिले घिउसिमी किलोको एक सय ४० रूपैयाँ, भिन्डी ६८ रूपैयाँ, साग ८५ रूपैयाँ किलोमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: