काठमाडौं । काठमाडौँ महानगरपालिका १४ सोल्टीमोडबाट बील नभएका विभिन्न समानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौँ ओमवहाल बस्ने ३६ वर्षीय राकेशकुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
उनीहरुको साथबाट ११२ थान मोबाइल, ३२० पिस विभिन्न मोवाइल डिसप्ले, ५९३ थान विभिन्न व्राण्डको ब्याट्री, १९ हजार ५०० थान घडीको ब्याट्री, छ हजार थान क्यालकुलेटर र पाँच थान मोवाइल डिसप्ले बोर्ड बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त घटनाको विषयमा प्रहरीले अनुस्न्धान गरिरहेको छ ।
गाई काटेको अभियोगमा पक्राउ
यता काठमाडौँको बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल बस्ने शङ्खुवासभा भोटखोला गाउँपालिका ३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा आज प्रहरीले पक्राउ गरेको छ । चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर उक्त खोलामा फाल्ने क्रममा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए । त्यसपश्चात महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: