काठमाडौं । केन्द्रीय कारागारमा पनि कोरोना संक्रमण फैलिएको छ । आइतबार धेरै संख्यामा प्रहरी तथा कैदीबन्दीमा संक्रमण पुष्टि भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कारागार व्यवस्थापन विभागका अनुसार आइतबार ३५ जना कैदीबन्दीको पोजेटिभ रिपोर्ट आएको छ । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि कैदीबन्दीको परीक्षण गरिएको थियो । योसँगै केन्द्रीय कारागारमा संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको छ । दुई जना निको भएको विभागका महानिर्देशक द्रोण पोख्रेलले बताए ।
त्यस्तै, कारागारको सुरक्षामा खटिएका ५६ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । प्रहरीबाट नै जेलभित्र संक्रमण भएको आशंका गरिएको छ । कारागारको महिला सेलमा गत साता एकै पटक सयजनाभन्दा बढीमा कोरोनासँग मिल्दो लक्षण देखिएको थियो । त्यसपछि परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।
केन्द्रीय कारागारमा तीन हजार एक सय कैदीबन्दी छन् । सोमबारसम्म दुई सय ५० जनाको मात्र परीक्षाण भएको छ । धेरैमा संक्रमण देखिएपछि अन्यमा पनि त्रास बढेको छ । केन्द्रीय कारागारमा दीर्घरोग भएका कैदीबन्दीको संख्या पनि धेरै छ । थप कैदीबन्दीको परीक्षण गराउने कारागार कार्यालयको तयारी छ ।
अन्य जेलमा पनि संक्रमण बढिरहेको छ । झुम्का, सिराहा, पर्सा, सिन्धुपाल्चोक, स्याङ्जा, बाँकेका कारागारमा यसअघि संक्रमण देखिएको थियो । लकडाउन सुरु भएयता जेलमा भेटघाट बन्द भए पनि अदालत तथा अस्पताल लैजाने क्रममा संक्रमण भएको जनाइएको छ । कतिपय अवस्थामा प्रहरीबाट जेलभित्र संक्रमण भएकोसमेत आशंका गरिएको छ ।
जेलभित्र संक्रमण बढेपछि केही समयका लागि कैदीबन्दीलाई छाड्नुपर्ने माग समेत उठ्न थालेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सांसदहरूले कागज गराएर केही समयका लागि छाड्न प्रस्ताव गरेका हुन् ।
७५ प्रतिशत कैद भुक्तान गरेकालाई निगरानीमा राखेर छाड्न सकिने कानुनी व्यवस्था छ । त्यसलाई कार्यान्वयन गर्न १७ वैशाखमा सर्वाेच्च अदालतले समेत आदेश दिएको थियो । गृह मन्त्रालयले पनि यसबारे छलफल थालेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: