बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको बताएका छ न्।
मन्त्री भट्टराई र प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीसहितको टोलीले आज विमानस्थलको स्थलगत निरीक्षण गर्दै कोरोनाको बढदो सङ्क्रमणमा पनि व निर्माण नरोकिएको जनाउँदै डिसेम्बरसम्म काम सक्ने गरी अहिले धमाधम काम भएको बताए । उनले विमानस्थलका केही उपकरण र उपकरण जडानगर्ने दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने तर कोरोनाका कारण समयमा ल्याउन नसकिएकाले काममा केही ढिलाइ भएको जानकारी गराए । उनले भने, “जतिसक्दो छिटो दक्ष जनशक्ति आउँछन्, उति छिटो विमानस्थल निर्माण कार्य सकिन्छ ।”
सरकारले राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत निर्माण गरिरहेका २१ आयोजनामध्ये गौतमबुद्ध विमानस्थल सबैभन्दा छिटो सम्पन्न हुने जनाउँदै भट्टराईले सबै पक्षका समन्वयमा कोरोनाको महामारीमा पनि काम नरोकिएकाले आयोजना सन्तोषजनकरुपमा अघि बढेको बताए । विमानस्थल निर्माण सकिएपछि तत्कालै सञ्चालनमा आउने पनि उनले जनाए ।
नागरिक उड्डयन प्राधीकरणका महानिर्देशक राजन पोखरेलले उपकरण जडानका लागि दक्ष जनशक्ति तत्काल आए डिसेम्बरमै निर्माण सकिने जनाउँदै त्यसपछि अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि प्रमाणीकरण गर्ने गरी काम अघि बढेको बताए ।
विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले लकडाउनमा पनि आयोजनाका थुप्रै काम भएको जानकारी दिए । उनले दक्ष कामदार कोरोनाले गर्दा आउन नसक्दा काममा ढिलाइ भएको बताए। एयर कन्डिसनसँग सम्बन्धित चिनियाँ कामदार लकडाउनले चीनतर्फ रोकिएको जानकारी दिँदै उनले उपकरण जडानका लागि अमेरिका, अष्ट्रिया, थाइल्याण्डलगायत मुलुकबाट पनि जनशक्ति ल्याउनुपर्ने भएकाले कोरोनाका कारण केही ढिलाइ भएको जनाए ।
विमानस्थलमा अहिले टायल बिछ्याउने, कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडान, विद्युतीकरण, भवन फिनिसिङको काम भइरहेको जनाउँदै अधिकारीले जनशक्ति नआउँदासम्म उपकरण जडानको काम हुन नसक्ने बताए ।
विमानस्थलमा अहिले धावनमार्गमा मार्किङको काम सकिएको छ भने लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडानको तयारी भइरहेको छ । फायर भवनको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । जहाज र ट्याक्सी पार्किङस्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरणको काम सुरु भएको छ । धावन मार्गका वरिपरि पेरिमिटर सडक निर्माणको काम शुरु भइसकेको छ ।
टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट, धावन मार्गका लागि आवश्यक लाइटलगायत उपकरण चीनबाट ल्याउनुपर्ने भएकाले अझै विमानस्थलमा आइपुगेका छैनन् । विमानस्थलको अहिलेसम्म ९२.५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणको कामको म्याद चौथो पटक थपिएको समयमा पनि नसकिएपछि पाँचौँ पटक थप गरी २०२० डिसेम्बरसम्म पुर्याइएको छ । आयोजना चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले निर्माण गरिरहेको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: