Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

रोग लुकाउन खोज्दा मृत्यु दर बढ्यो

चितवन । रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै मृत्यु भएको छ ।

सबैको लक्षण उच्च ज्वरो, रुघाखोकी नै देखिने गरेको छ । बिहीबार र शुक्रबार मृत्यु भएकामध्ये रत्ननगरका पुरुषको कोरोना पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल दैनिक एक÷दुईवटा यस्ता बिरामी आउने गरेको बताउछन् । बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा उपचार गर्न कठिन हुने गरेको उनको भनाइ छ ।

अस्पतालको अकस्मिक कक्षका विभागीय प्रमुख डा जगन्नाथ तिवारी अन्तिम समयमा अस्पताल ल्याउँदा मृत्यु बढेको बताउछन् । उनी भन्छन्, “बिरामी अस्पताल आउँदा रक्तचाप र अक्सिजनको मात्रा कम भएर आउँछन् । केही गर्न नपाउँदै मृत्यु हुन्छ ।” कतिपयको बाटोमै र कतिपयको उपचार शुरु गर्न नपाउँदै मृत्यु हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, “श्वास लिन गाह्रो भयो भन्दाभन्दै बिरामीको मृत्यु हुने गरेको छ ।” अस्पतालमा सघन उपचार कक्षको श्यया अभावको कारणले पनि बिरामीहरुको उपचार गर्न कठिन भएको विभागीय प्रमुख डा तिवारीको भनाइ छ । समुदायमा कोरोना फैलिएसँगै यसरी बिरामी आउने क्रम बढेको हो । उनका अनुसार बिरामीले सहनसक्ने अवस्थासम्म घरमा नै बस्ने र अति कठिन भएपछि मात्रै अस्पताल आउने भएका कारण उपचार असम्भव हुने गरेको छ ।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण देखिएपछि यहाँका स्थानीयवासी अस्पताल जान नै डराउने गरेका छन् । सामान्य रोग लागेका बिरामीहरु अस्पतालमा जाने गरेका छैनन् । कतिपयले सामान्य भन्दै घरमा बस्दा पछि जटिल समस्या आउने गरेको छ । कतिपयलाई कोरोनाको लक्षण देखिए पनि समाजको डर र अस्पताल गए पनि केही हुँदैन भन्ने भ्रमका कारण घरमै बस्दा पछि समस्या जटिल बन्ने गरेको पाइएको छ ।

भरतपुर अस्पतालका कोभिड क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेल जटिल भएपछि मात्रै अस्पताल आउने क्रम बढ्दा समस्या भएको बताउछन् । उनी भन्छन्, “सिटामोलले एक÷दुई दिनमा ठीक नभएमा ज्वरोका बिरामी अस्पताल आउनुपर्छ ।” मानिसहरुलाई समस्या भएजस्तो नदेखिने तर अकस्मात श्वास फेर्न गाह्रो भएर मृत्यु हुने गरेको उनको भनाइ छ । रुघाखोकी, ज्वरो, दम भएका बिरामीले नियमित रुपमा अक्सिजनको मात्रा हेर्नु पर्ने उनको सुझाव छ । उहाँ भन्छन्, “ज्वरो आएपछि अस्पताल जाँदा कोरोना भन्छन् कि भन्ने डरले घरमै रोग पालेर बस्ने क्रम बढी छ ।”

चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अन्तिम अवस्थामा उपचारका लागि आउने क्रम बढेको बताउछन् । समयमा उपचार गर्न नआउँदा समस्या हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, “सकेसम्म घरमा नै उपचार गर्न चाहने बढी छन् । जसले गर्दा जटिल भएपछि मात्रै अस्पताल आउने गरेका छन् ।” सामान्य अवस्थाबाहेक समस्या देखिएमा अस्पताल आउन उनको सुझाव छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी अन्तिम अवस्थामा अस्पताल आइपुग्दा बिरामीको मृत्यु बढेको बताउछन् । रुघाखोकी र सयभन्दा बढी ज्वरो आएमा अस्पताल जान उनको सुझाव छ । उनी भन्छन् “कोरोना भएमा अरूले के भन्लान् भनेर पनि अस्पताल आउन डराएको अवस्था छ ।” अस्पतालहरुले सकेसम्म सुरक्षाको मापदण्ड अपनाएर उपचार गरिरहेकाले रोग पालेर घरमा नबस्न उहाँको आग्रह छ ।

कतिपय बाटोमै मृत्यु हुनेहरुको कोरोना परीक्षणसमेत नगरी परिवारले शवको व्यवस्थापन गर्ने गरेका छन् । अस्पतालमा आई पुगेर मृत्यु भएकाको भने स्वाब परीक्षण गर्ने गरिएको छ । यसरी मृत्यु भएका कतिपयको परिवारले अस्पतालबाट स्वाब परीक्षण नगरी शव घर लैजाने गरेका छन् । यही भदौ १४ गते यस्तै प्रकृतिका तीन जनाको भरतपुर अस्पतालमा मृत्यु भएको थियो । उनीहरु तीनै जनाको कोरोना पोजिटिभ देखिएको थियो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले घरमा रोग पालेर नबस्न सबैमा आग्रह गरेका छन्। सामान्य समस्यामा अस्पताल आउन नपरे पनि टेलिफोन लगायतका माध्यमबाट चिकित्सकसँग परामर्श गर्न सकिने उनको भनाइ छ । जिल्लाका सरकारी र निजी अस्पतालले सहकार्य गरेर आएका बिरामीलाई उपचार व्यवस्था गरिएको छ । केही दिनअघि उपचार नपाएर मृत्यु भएको घटनापछि स्थानीय प्रशासनले अस्पतालहरुलाई समन्वय गरेर उपचार गर्न निर्देशन दिएको थियो । भरतपुर अस्पतालका अध्यक्ष डा अधिकारीको संयोजकत्वमा रहेको प्राविधिक समितिले उपचार नपाउने अवस्था आउन नदिनका लागि काम गरिरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending