Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

डोटीका विभिन्न ठाउँमा जङ्गली जनावरले बाली नष्ट गर्दै, किसान चिन्तित

डीटी । पछिल्लो केही समययता डोटीका विभिन्न स्थानीय तहमा जङ्गली जनावरले किसानले लगाएका बालीनाली नोक्सान गर्न थालेका छन् । जिल्लाका जोरायल, बडिकेदार, सायल, पूर्वीचौकी, आदर्श, बोगटान फुड्सिल, केआइसिंह गाउँपालिका तथा शिखर, दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडा क्षेत्रमा जङ्गली जनावरले भित्र्याउने अवस्थामा रहेको बालीनाली नोक्सान गर्न थालेपछि किसान चिन्तिन बनेका छन् ।

पाकेको बालीनाली राति आउने जङ्गली जनावरले खाएर तथा बिगारेर नोक्सान गर्न थालेपछि यहाँका किसानलाई समस्या भएको छ । खप्तड राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रबाट आउने जङ्गली बँदेल, दुम्सी, स्याल तथा बाँदरले कोदो, मकै तथा धानबाली नष्ट गर्न थालेपछि किसान खेतमा गएर रात काट्न बाध्य भएको जोरायल गाउँपालिका–५ फलेडाका किसान लालबहादुर सार्कीले बताए । उनले भने, “बर्सातको समयमा दुःख गरेर जोगाएको बालीनाली भित्र्याउने समयमा जङ्गली जनावरले सखाप गर्न थालेको छ, जनावर धपाउन खेतमै टहरा बनाएर हामी रातभर जाग्राम बस्न थालेका छौँ ।”

त्यसैगरी जिल्लाकै शिखर नगरपालिका–३ आलीअतुरालीको मटेला खेतमा जङ्गली जनावरले धान र कोदोबाली आधा भाग नष्ट गरेको किसान खगेन्द्रबहादुर बोगटीले जानकारी दिए । उनका अनुसार सो वडाका अधिकांश किसानले लगाएको धानबाली दिउँसो बाँदर र राति बँदेललगायत अन्य जनावरको बथानले नष्ट गरेपछि किसानका खेत करिब–करिब बाँझो अवस्थामा पुगेका छन् । जिल्लाका किसान अहिले आफ्नो अन्नबाली जोगाउन राति समूह बनाएर खेतको ठाउँठाउँमा पालको छानो बनाएर समूहमा बस्नुका साथै थाल, डिब्बा र कोलाहल मच्चाएर जनावर धपाउन थालेको केआइसिंह गाउँपालिका–५ की स्थानीयवासी चेतराज भट्टले बताए । उनले भने, “दिनमा बाँदरको आतङ्क तथा राति अन्य जनावरको आतङ्कले हामीले राम्रोसँग सुत्नसमेत पाएका छैनौँ, हल्ला गरे पनि भाग्दैनन्, समस्या भएको छ ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: