Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

प्रहरीको आचरण सुधार गर्न ‘आचारसंहिता’

काठमाडौं । समयानुकूल कर्मचारीको आचरण सुधार गर्न नेपाल प्रहरीले आचारसंहिता जारी गरेको छ । नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने कार्यमा शिष्ट, मर्यादित, जवाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन आचारसंहिता जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम प्रहरी महानिरीक्षकबाट नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने ‘आचारसंहितासम्बन्धी कार्यादेश, २०७७’ जारी गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले बताउनुभयो । जारी आचारसंहितामा प्रहरी कर्मचारीले सेवा प्रवाह गर्दा, सेवाग्राहीसँग व्यवहार गर्दा वा व्यक्तिगत एवं पेशागत कर्तव्य निर्वाहका क्रममा आग्रह वा पूर्वाग्रह नराख्न, समान व्यवहार गर्न, प्रहरी सङ्गठन र कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता प्रदर्शन गर्न भनिएको छ ।

व्यक्तिगत आचरण तथा अनुशासनमा रही समयको पालना गर्दै काम, कर्तव्य इमान्दारी र तत्परताका साथ गर्नुपर्ने संहितामा उल्लेख छ । जाति, लिङ्ग, धर्म, सम्प्रदाय, शरीर विशेषका आधारमा होच्याउने, हेप्ने, टिप्पणी गर्ने, मजाक गर्ने, हाउभाउ प्रकट गर्नेजस्ता क्रियाकलाप गर्न नहुनेमा जोड दिइएको छ ।

व्यावसायिकतालाई आत्मसाथ गरी प्रहरी अधिकृत तथा जवानबीच एकापसमा भाइचारापूर्ण सम्बन्ध कायम गर्न, कार्यसम्पादन सम्बन्धमा आफ्नो काम प्रति अद्यावधिक भइरहन, आजको काम आजै गर्ने परिपाटी विकास गर्न, आफूले सम्पादन गरेको कार्यको संस्थागत अभिलेख राख्नसमेत निर्देश गरिएको छ ।

सरकारका विभिन्न निर्देशिका र प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना तथा आर्थिक पारदर्शिता कायम गर्ने सन्दर्भमा कुनै कमजोरी नगर्न समेत भनिएको छ । प्रहरी कर्मचारीले नागरिकमैत्री अवधारणा अनुरुप सेवा ग्राहीलाई सेवा प्रवाह गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । सेवा प्रवाह गर्दा विनम्रताका साथ सभ्य र शिष्ट भाषा प्रयोग गर्न तथा फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्न भनिएको छ ।

अनुमति प्राप्त नगरी विदेशी नियोग, विदेशी कूटनीतिक व्यक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह सरकारी संस्थासँग भेटघाट, सम्पर्क तथा सहकार्य नगर्न निर्देशन दिइएको छ । पदीय जिम्मेवारी र दायित्वसँग असम्बन्धित कार्यक्रममा सहभागी हुन, सम्बोधन गर्न, मन्तव्य दिन या अन्य टीकाटिप्पणी गर्न रोक लगाइएको छ । व्यक्तिगत स्वार्थपूर्ति वा लोकप्रियताको लालचमा सञ्चार माध्यमको प्रयोग र सूचना चुहावट गर्न नहुनेमा जोड दिइएको छ । सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दङ्गा भड्काउने, आतङ्ककारी गतिविधिलाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिहरू प्रकाशन, प्रसारण गर्न सामाजिक सञ्जालबाट सार्वजनिक गर्न नहुनेमा जोड दिइएको छ ।

कानुनको पूर्ण पालना गर्दै मानव अधिकार सम्बन्धि सिद्धान्तको संरक्षण, सम्बद्र्धन तथा परिपालनामा ध्यान दिन भनिएको छ । विपरित लिङ्गीको सम्मान गर्नसमेत भनिएको छ । कार्यादेशको पालना सम्बन्धमा प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, सङ्घीय प्रहरी इकाइ कार्यालय, महानगरीय प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयमा समितिमार्फत अनुगमन गर्ने जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE