तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँका दुई निर्वाचन क्षेत्रमा दुई हजार ७९१ कर्मचारी परिचालन गरिने भएको छ । निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटिने कर्मचारीहरूको विवरण सङ्कलन गर्ने कार्यलाई तीव्रता दिएको छ ।
जिल्लामा कार्यरत कर्मचारीहरूमध्येबाटै मतदान केन्द्रमा खटिने टोली छनोट गर्न विवरण माग गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दुर्गामाया आलेका अनुसार शुक्रबारसम्ममा सङ्कलन गरी चााडै नै सबै कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसक्ने लक्ष्य राखिएको छ । आगामी शुक्रबारसम्म सिफारिस प्रक्रिया सकेर छनोटमा परेका कर्मचारीहरूलाई तत्कालै नियुक्ति दिने र आवश्यक तालिम प्रदान गर्ने तयारी कार्यालयको छ ।
तनहुँमा यसपटक ३०९ स्थायी र दुई अस्थायी गरी कुल ३११ मतदान केन्द्र निर्धारण गरिएको छ । जनशक्ति परिचालनको योजना अनुसार प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक सहयोगी गरी ६ जनाको टोली रहनेछ । यसका अतिरिक्त हरेक केन्द्रमा सुरक्षा र व्यवस्थापनमा सहयोग पुर्याउन तीन जना स्वयंसेवक समेत परिचालन गरिनेछ ।
निर्वाचन कार्यालयका अनुसार नियुक्त भएका कर्मचारीहरूलाई फागुन १७ र १८ गते नै आ–आफ्नो कार्यक्षेत्र अर्थात् मतदान केन्द्रमा पुग्ने गरी खटाउने तयारी भइरहेको छ । निर्वाचनलाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक प्रशासनिक तथा प्राविधिक तयारीलाई अन्तिम रूप दिने कार्यमा अहिले निर्वाचन टोली व्यस्त रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: