चितवन । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेशन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन निर्माण गरिएको हो ।
स्वास्थ्य शाखा प्रमुख वासु सापकोटाका अनुसार सो गाउँपालिकामा हालसम्म १३ जना सङ्क्रमित पुगेका छन् । तीमध्ये आठ जनामा हाल पनि सङ्क्रमण रहेको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङले सङ्क्रमित थपिएको अवस्थामा थकाली सेवा समाजको भवनमा थप पाँच श्यया विस्तार गरिने छ । यस्तै फिस्लिङमा पनि आइसोलेशन सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।
हाल क्वारेन्टिन बनाइएका विद्यालयमा पनि आइसोलेशन बनाउन सकिने गुरुङको भनाइ छ । गाउँपालिकाले गरेको मेहेनत र स्थानीय जनताको साथ र सहयोगकै कारण हालसम्म सङ्क्रमण फैलन नपाएको भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गर्न गाउँवासीलाई अनुरोध गरे। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५१४ पुगेको छ ।
पिसिआरमा अतिरिक्त शुल्क
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन विपरीत पिसिआर परीक्षण शुल्क लिएको छ । मन्त्रालयले पिसिआर परीक्षण शुल्क रु दुई हजार मात्र लिन सरकारी र निजी अस्पताल एवं प्रयोगशालालाई निर्देशन गरेको छ ।
अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार नमूना सङ्कलनका लागि रु ५०० अतिरिक्त शुल्क अस्पतालले लिँदै आएको छ । उनले भने “अस्पताल सञ्चालक समितिले निर्णय गरेकाले हामीलाई घटाउने अधिकार छैन ।” रिएजेण्टहरुको बोलपत्र भएकाले अबको खरिदमा मूल्य घटेमा समितिको बैठकले घटाउने निर्णय गर्ने उहाँको भनाइ छ । अस्पतालले भिटिएमसहित खर्चका लागि भन्दै स्वाब सङ्कलनमा अतिरिक्त रकम उठाएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले पिसिआर परीक्षणमा रु दुई हजारभन्दा बढी कसैले लिन नपाउने बताए। कसैले अटेर गरेमा कारवाही गरिने उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अतिरिक्त शुल्क लिएको विषयमा आँफूले बुझ्ने जानकारी दिनुभयो । यहाँ भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा परीक्षण निःशुल्क गरिएको छ भने चितवन मेडिकल कलेजले रु दुई हजार मात्र लिएको छ ।
एक क्वीन्टल गाजासहित दुई पक्राउ
प्रहरीले एक क्वीन्टल गाजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति नगरपालिका–११ का २४ वर्षीय पदमबहादुर मोक्तान र २५ वर्षीय दोर्जे तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । निजहरुको साथबाट गाजा बोक्न प्रयोग गरेको ना ३९ प २२५८ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
प्रहरी नायब उपरीक्षक सूर्य थापाले गाजा बरामदपछि खोज तलासका क्रममा निजलाई बिहीबार दुई बजे भण्डारा चोकबाट पक्राउ गरिएको जानकारी गराए । उनका अनुसार इलाका प्रहरी कार्यालय भण्डाराको गस्ती टोलीले भदौ २१ गते राति राप्तीको दवाडीचोक नजिक पम्फा खोला किनारमा पाँच बोरा पोका बनाई राखेको एक क्वीन्टल गाजा बेवारिसे अवस्थामा बरामद गरेको थियो । सो पश्चात् अनुसन्धानका क्रममा उनीहरुलाई मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: