Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

प्याजको मूल्य बढाएर बिक्री गर्ने पाँच पसल कारवाहीमा

नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का पाँच पसल बढी मूल्यम प्याज बेचेको अभियोगमा कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीले आफूखुशी मूल्य बढाएर प्याज बिक्री गर्न थालेपछि आज जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारवाही गरेको होे ।

प्याजको कालोबजारी गरेका अभियोगमा सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–२ का चार र रामग्राम–७ का एक आलु प्याज गोदाम पसललाई गरी रु दुई लाख ६० हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

बजारमा पछिल्लो समय प्याजको मूल्यमा भारी वृद्धि गरी उपभोक्ता ठगी गरेको गुनासो आएपछि आज सहायक प्रजिअ माझीका नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासङ्घ, रामग्राम नगरपालिकाका प्रतिनिधि तथा सुरक्षाकर्मीसहितको टोलीले बजार अनुगमन गरेको थियो । सहायक प्रजिअ माझीका अनुसार केही दिनअघिसम्म प्याज प्रतिकेजी रु ५० मा बिक्री हुने गरेकामा रु १३० प्रति केजीसम्म पुगेको थियो । अहिले भने प्रति केजी १०० सम्म बिक्री हुने गरेको पाइएको छ । प्रतिकेजी रु ४० मा खरीद गरी रु १०० सम्म विक्री गर्ने गरेको व्यवसायी स्वयंले नै स्वीकार गरेका थिए ।

अनुगमनका क्रममा भूमहीमा पिकअप भ्यानमार्फत बढी मूल्यमा प्याज बिक्री गरिरहेका अवस्थामा रामग्राम–७ को रामग्राम स्टोर्स, रामग्राम–२ को रौनियार स्टोर्स, तारा आलु स्टोर्स र विना दर्ता व्यवसाय सञ्चालन गरेका गणेश रौनियारलाई रु ६० हजारको दरले जरिवाना गरिएको छ । अंश स्टोर्सलाई भने रु २० हजार जरिवाना गरिएको सहायक प्रजिअ माझीले जानकारी दिए ।

अधिकांश पसलमा मूल्यसूची, सूचनापाटी, विभिन्न निकायमा दर्ता नवीकरण गरिएका प्रमाणपत्र, बिलबिजकलगायत कागजपत्र नभएको बताइएको छ । केही पसल विनादर्ता पनि सञ्चालनमा रहेको पाइएको छ । उनीहरुलाई सुझावसहित जरिवाना गरिएको र सात दिनभित्र जरिवाना नबुझाएमा थप कारवाही हुने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए। व्यवसायीले दोब्बरभन्दा बढी मूल्य लिएर प्याज बिक्री गरिरहेको पाइएको बताउँदै उनले पुरानै मौज्दातको प्याज बिक्री गर्दा पनि मनोमानी मूल्य लिइएको जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending