काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । सोही क्रममा आज नेप्से २२।९१ ले ओरोलो लागेर एक हजार ५४६.१५ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.८४ ले ओरोलो लागेर ३०७.३९ मा पुगेको छ । कूल १९९ कम्पनिको ७८ लाख ५६ लाख ७८८ कित्ता शेयर रु दुई अर्ब ८१ करोड २८ लाख ५६ लाख ५८४ मूल्यमा खरिद बिक्री भए ।
आज कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरोलो लागेको छ । बैंकिङ २२.३६, व्यापार २.१३, होटल १५.०६, विकास बैंक ४०.३, जलविद्युत् २४.९१, वित्त १२.४९, निर्जीवन बीमा ११२.६६, उत्पादन ३५.०४, अन्य ७.२२, लघुवित्त २३.२४, जीवन बीमा १०९.४७ र सामूहिक लगानी कोष ०.०८ ले ओरालो लागेको छ ।
कारोवारका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ९५ लाख ४४ हजार १८३ बराबरको कारोवार भएको छ । नेपाल बैंक लिमिटेड रु १९ करोड ११ लाख ११ हजार १८६, नेपाल पुनरबीमा कम्पनी रु १२ करोड ४४ लाख ७६ हजार ८२३, एनएमबी बैंक रु सात करोड ४२ लाख २४९, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड आठ लाख ५३ हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड २३ लाख ६७ हजार ७८७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।
यूनाइटेड फाइनान्स ६.८२, बरुण हाइड्रोपावर ४.६५, पञ्चकन्या माई हाइड्रोपार ३।६७ र तारागाँउ रिजेन्सी होटल ३.२९ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले २.१३ प्रतिशतले कमाएका छन् । त्यस्तै, लिवर्टी इनर्जी ९.८८, घलेम्दी हाइड्रो ९.४७, यूनाइटेड मोदी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर ८.०५ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ७.९५ प्रशितले गुमाएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: