भक्तपुर । सरकारले गत जेठ २३ गतेदेखि विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १ र २ का नागरिक राख्न नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टर बन्द गराएको छ । कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा जेठ २३ गते पहिलो उडानका रुपमा म्यान्माली सेनाको जहाजबाट आएका नेपालीदेखि हालसम्म फर्किएका प्रदेश १ र २ का नागरिकलाई सेनाको टोलीले विमानस्थलबाट सेनाकै यातायात साधनबाट ल्याई भक्तपुरका दुई होल्डिङ सेन्टरमा राखेर मात्रै सम्बन्धित जिल्ला पठाउँदै आएको थियो ।
जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णयानुसार सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैटमा प्रदेश १ का नागरिकलाई र मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वैटमा प्रदेश २ का नागरिकलाई राख्ने तय भएपछि विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सेनाको नेतृत्वमा संयुक्त सु्रक्षा टोलीले आवश्यक व्यवस्थापन गरेको थियो ।
होल्डिङ सेन्टरमा विदेशबाट फर्किएकालाई राखेर व्यक्तिगत विवरण सङ्कलन गर्ने, निःशुल्क स्तरीय खाना र पानी खुवाएर आराम गराउने, स्वास्थ्यावस्था बुझ्ने, आवश्यक परेमा स्वास्थ्य परामर्श एवं जाँचको व्यवस्था गर्ने, नेपाल टेलिकमको निःशुल्क सिमकार्ड वितरण गरेर सम्बन्धित जिल्ला फर्कने सवारी साधनको व्यवस्थापनपछि पठाउने गरिएको वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए ।
सरकारको नियमानुसार अब विदेशबाट फर्किएकालाई होल्डिङ सेन्टरमा राख्नुपर्ने अवस्था नभएकाले दुवै सेन्टर बन्द गरेर निर्मलीकरण गरी बैंक्वैट सञ्चालकलाई बुझाएको जानकारी उनले दिए।
सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान गरी चार वटै सुरक्षा निकाय सेन्टरको सुरक्षा एवं व्यवस्थापनमा खटिएका थिए । भक्तपुर अस्पताल र सेनाका चिकित्सकसहितको स्वास्थ्य टोली, औषधि, एम्बुलेन्स, रेडक्रसको स्वयंसेवक परिचालन गरिएको थियो ।
सातवटै प्रदेशका मानिसलाई राख्न काठमाडौँ उपत्यकाका तीन जिल्लामा व्यवस्थापन गरिएको होल्डिङ सेन्टरमध्ये भक्तपुरका दुई वटै सेन्टरमा सफा र स्तरीय खाना खुवाइएको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको भनाइ छ । हालसम्म प्रदेश १ का १४ हजार ४९ र प्रदेश नं २ का १० हजार २४९ जना गरी कूल २४ हजार २९८ जनालाई यहाँका सेन्टरमा राखेर पठाइएको कर्णेल पौडेलले जानकारी दिए ।
सेन्टरमा ग्रीन भिलेज हाउजिङ प्रालि र निक भुजीँ हाउजिङ प्रालिले उपलब्ध गराएको खाद्य सामग्रीबाट विदेशबाट फर्किएका १५ हजारभन्दा बढी नेपालीलाई नेपाली सेनाको टोलीले खाना पकाउने, खुवाउनेलगायत व्यवस्था गरेको थियो । त्यसबाहेक करीब तीन हजारलाई गैरसरकारी संस्था महासङ्घ भक्तपुरको संयोजनमा महासङ्घ केन्द्रीय कार्यालयले खाना खुवाउने व्यवस्था गरेको थियो । सूर्यविनायक नगरपालिकाले पनि निःशुल्क खानाका लागि सहयोग गरेको थियो ।
सेन्टर बन्द भएपछि सुरक्षा फौजको टोलीले सफा र निःसङ्क्रमण गरी पूर्ववत् रुपमा बैंक्वैट जिम्मा लगाएको इम्पेरियर बैंक्वैटका सञ्चालक रोमन शिलाकारले जानकारी दिए । उनले सेन्टर बनाएवापत बैंक्वैटलाई नाफारहित रुपमा सामान्य खर्च र टुटफुट भएका सामानको क्षति सरकारले उपलब्ध गराएको जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: