काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणअन्र्तगत पहिलो तला निर्माणको सम्पन्न भएको छ । विसं २०७२ को महाभूकम्पमा क्षति भएको सो मन्दिर पुनःनिर्माण गर्न गत असार १५ गते उपभोक्ता समिति र पुरातत्व विभागबीच सम्झौता भएको थियो । मन्दिर पुनःनिर्माणमा रु तीन करोड २१ लाख रकम सम्झौता भएको थियो ।
लगभग एक हजार ५०० वर्ष अघि शिखर शैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम हालसम्म करीब ४० प्रतिशत सम्पन्न भएको र २०७८ असार मसान्तसम्म मन्दिर पुनःनिर्माण समाप्त गरिसक्नु पर्ने समयसीमा रहेको अध्यक्ष अमिर शाक्यले जानकारी गराए । मन्दिरमा ३४ फिट ४ इन्चको ४ निदाल र २० वटा ढुङ्गाको थाम हाल्ने काम हिजो मात्र गरिसकेको उनले बताए । उनले भने, “यस मन्दिर पुनःनिर्माणमा ७० देखि ७५ प्रतिशत असाध्यै गाहे काम भने समाप्त हुनै लागेको छ । ”
निर्माणाधीन मन्दिरमा आवश्यक सामान खरीद र कामदारलाई ज्याला गरेर रु एक करोड ४० लाख बराबरको काम गरिसकेको शाक्यको भनाइ छ । “मन्दिर पुनःनिर्माणमा प्रयोग भइरहेका काठ, इँट्टा, बालुवा, र प्राविधिक सामग्री धेरैजसो उधारोमा ल्याएर काम गरिरहेका छौं”, शाक्यले भने, ।
रातो मच्छिन्द्रनाथ जात्रालाई पाटनको ठुलो उत्सवको रुपमा हिन्दूलगायत बुद्ध धर्मावलम्बीले मनाउने गर्छन् । यो काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । भूकम्पबाट क्षति भएको यस मन्दिर श्रीलङ्का सरकारले निर्माण गर्ने भनिएपनि कसैबाछ पनि चासो नदिएपछि हाल समितिले काम अघि बढाएको हो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: