काभ्रेपलाञ्चोक । अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको एक व्यक्तिलाई अमेरिकी डलर सस्तो सटहीका नाममा रु दश लाख ठगी गर्ने चारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसेका श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्धिबहादुर तामाङ र गोविन्द तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार उनीहरु एकै वडाका भएपनि चार स्थानबाट पक्राउ परेका हुन् ।
उनीहरुले विभिन्न प्रलोभन देखाई अमेरिकी डलर सस्तोमा दिने भन्दै पटकपटक फोन सम्पर्क गरी गत साउन १२ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ कुटुमसाङका पेन्जोम शेर्पालाई काभ्रेपलाञ्चोकको पाँचखाल नपा–४ स्थित लामीडाँडामा बोलाएर रु दश लाख ठगी गरेका थिए । प्रहरीका अनुसार उनीहरुले शेर्पालाई गत असार २० गते अपरिचित व्यक्तिले फोन गरी अमेरिकी डलर रु १७ हजार भेट्टाएको र सस्तो मूल्यमा उपलब्ध गराउने भनी जानकारी गराएका थिए । “पैसा सटही गरेको दिन पनि अभियुक्तले रु १० लाख बराबरको मात्रै दिएको र बाँकी पछि दिने भनी रुमालले बेरेर नक्कली नोट दिएर फरार भएका रहेछन्”, प्रनाउ थापाले भने । उनका अनुसार गिरोहले शेर्पालाई ‘अहिले पोको नखोल्नु अरु कसैले वा प्रहरीले देख्यो भने हामी सबबैलाई अप्ठेरो पर्छ’ भन्दै पैसा लिई फरार रहेका थिए ।
गिरोहले पैसा लिएर फरार भएलगत्तै शेर्पाले डलर भनिएको पोको खोली हेर्दा डलरको आकारमा काटिएको कागजको बीटा मात्रै फेला परेपछि प्रहरीमा जाहेरी परेको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: