बागलुङ । बडिगाड गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको छ । भवनको बुधबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलान्यास गरे ।
सो अवसरमा मन्त्री गुरुङले स्थानीय तहले विकास खर्च बढाउनुपर्ने बताए । उनले समृद्ध नेपालका लागि राज्य र नागरिक एक अर्काप्रति जवाफदेही बन्नुपर्ने धारणा राखे । “करको दायरा पनि बढाउने र सोही अनुसार राज्यले नागरिकका सबै सेवा, सुविधाको जिम्मा लिनुपर्छ”, मन्त्री गुरुङले भने । प्रशासनिक भवनका लागि प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाले रु दुई करोड बजेट विनीयोजन गरेको छ ।
आउँदो आवमा पनि थप बजेट छुट्टाउने मन्त्री गुरुङले प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले रु पाँच करोड १८ लाख, ५४ हजारमा भवनको ठेक्का सम्झौता भएको बताए । काठमाडौँको माउण्ट संयुक्त निर्माण कम्पनीले भवन बनाउने जिम्मा पाएको छ । ५४ कोठासहितको तीन तले भवन १८ महिनाभित्र सक्ने लक्ष्य छ । बडिगाड–५ खार बजारमा भवन बन्न लागेको हो । गाउँपालिकाको केन्द्र बस्ने भएपछि स्थानीयवासीले निःशुल्क जग्गा दिएका थिए ।
“गाउँपालिकाको भवन नहुँदा भाडाको घरमा बस्नुपर्ने बाध्यता अब हट्नेछ, भवन निर्धारित समयमै बनाइछाड्छौँ”, गाउँपालिका अध्यक्ष पाइजाले भने । शिलान्यास समारोहमा प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’, इन्द्रलाल सापकोटालगायत जनप्रतिनिधि र स्थानीयवासी सहभागी थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: