Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

निजामति कर्मचारीले व्यक्तिगत लाभका लागि वनको दुरुपयोग गरेको आरोप

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले वातावरण संरक्षणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै केही निजामति कर्मचारीले व्यक्तिगत लाभका लागि सामुदायिक वनको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् ।

फेकोफनको जिल्ला शाखा पाल्पाले आज आयोजना गरेको भर्चुअल छलफलमा अध्यक्ष पाठकले भने, “सामुदायिक वनका उपभोक्तामाथिको अन्यायविरुद्ध लड्न महासङ्घ अग्रसर रहन्छ ।”

उनले ५० प्रतिशत महिला नेतृत्वको लागि फेकोफनले महत्वपूर्ण काम गर्दै आए पनि उपभोक्ता समूहमा महिला नेतृत्व कायम हुन नसकेको जनाउँदै समूहमा महिला सहभागिता बढाउने कामलाई निरन्तरता दिन आग्रह गरे । फेकोफनका पाल्पा जिल्ला इञ्चार्ज केपी श्रेष्ठले सामुदायिक वन उपभोक्ता समूहलाई बलियो बनाएर जान आग्रह गरे ।

आजै महासङ्घले आयोजना गरेको ‘समुदायमा आधारित जलवायु अनुकूलनमा सामुदायिक वनको भूमिका र योगदान’ विषयक भर्चुअल तालीममा अध्यक्ष पाठकले निश्चित समयका लागि आएका विभिन्न सङ्घसंस्थाले दीगो योजना बनाउन नसक्ने तर्क राख्दै लक्षित समूहका लागि बनाइने योजना सर्वप्रथम उनीहरु त्यसबारे पूर्ण रुपमा जानकार हुनु आवश्यक भएकामा जोड दिए ।

फेकोफनका महासचिव बिर्ख शाहीले जलवायु परिवर्तनबाट स्थानीय समुदायमा परिरहेको असरलाई न्यूनीकरण गर्न सरकारले अन्तर्राष्ट्रिय रुपमा आर्थिक र प्राविधिक सहयोग लिनु जरुरी रहेको बताए । सचिव ठाकुर भण्डारीले जलवायु अनुकूलनको विषय महासङ्घका लागि नयाँ विषय नभए पनि यो योजनालाई कार्यान्वनमा लैजान यससँग काम गर्ने सम्बन्धित संस्था र स्थानीय सरकारसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्ने समय आएको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: