Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

निर्मला हत्या प्रकरणः पुराना फाइल पल्टाउँदै प्रहरी

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ ।

आजको राजधानी दैनिकमा खबर छ - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पुर्याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो ।

यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले सो हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी टोली सक्रिय रहेको र पुराना मिसिल समेत अध्ययन हुँदै गरेको बताए ।

‘अनुसन्धानका लागि प्रहरीका धेरै टोली सक्रिय छन्, पुराना मिसिल पुनः अध्ययन गर्ने तथा शंकास्पद पुराना तथा नयाँ अनुहारमाथि उच्च निगरानी राखिएको छ,’ प्रहरी प्रवक्ता एसएसपी कडायतले भने ।

उनले पहिले अनुसन्धानका क्रममा तानिएर छाडिएकाहरूको समेत मुद्दा नटुंगिएका कारण उनीहरू पनि अनुसन्धानकै क्रममा रहिरहने जनाएका हुन् । ‘पहिले अनुसन्धानमा तानिएका र छुटेकाहरूको मुद्दा टुंगिएको होइन, आवश्यक परे फेरि पनि अनुसन्धानको दायरामा ल्याउन सकिन्छ । नयाँ अनुहार पनि निगरानीमा छन्,’ प्रवक्ता कडायतले थपे ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनाका दोषीलाई कारबाही गरेरै छाड्ने नीति लिएपछि सुस्त रहेको अनुसन्धानले फेरि तीव्रता लिएको हो । महानिरीक्षक क्षेत्रीले पदभार सम्हाल्दा नै सो घटनालाई टुंगोमा पु(याउने बताएका थिए ।

‘अनुसन्धानको गतिले अहिले लय लिएको छ, अनुसन्धान निष्कर्ष नजिक छ, केही समयभित्रै सत्यतथ्य बाहिर आउँछ,’ एक उच्च प्रहरी अधिकारीले भने ।

१० साउन २०७५ मा पन्तको घर नजिकै उखुबारीमा बलात्कार पछि हत्या गरिएको थियो । प्रहरीले उनको शवलाई ११ गते बिहान नियन्त्रणमा लिएको थियो । त्यसपछि घटना भएको २४औं दिन अर्थात् ४ भदौ २०७५ मा प्रहरीले दिलिप विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending