काठमाडौं । पहुँचवाला भ्रष्टाचारी चोख्याउँदै तल्लो तहका कर्मचारी सताएको कारण अख्तियार सुस्ताएको छ । तर, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग भने केही ‘ठूला माछा’ को फाइल पल्टाइरहेको छ ।
आजको जनआस्था साप्ताहिकमा खबर छ- सम्भवतः दशैं बिदालगत्तै शंकर ग्रुपको भ्याट छली, जगदम्बा स्टिल्सको कबाडी सामानबाट गुणस्तरहीन रड उत्पादन, डेडिकेटेड फिडरलाइन अनियमितताको मुद्दासहित विशेष अदालतमा पेश हुँदैछ, झण्डै एक अर्ब हाराहारीको सुलभ अग्रवालको मुद्दा ।
चैतमा थर्मल गन कालोबजारीको अभियोगमा पक्राउ परेका उनी त्यसबेला धरौटीमा छुटेका थिए । तर, प्रहरीद्वारा सम्पत्ति शुद्धिकरणमा पेश गरिएका सुलभको मुद्दा अनुसन्धानको अन्तिम चरणमा पुगेकोस्रोतले जनाएको छ ।
त्यस्तै, बैंक ठगीका कसुरदार योगेन्द्रमान श्रेष्ठविरुद्धको मुद्दा पनि विशेष अदालतमा पेश भएको छ । उनीविरुद्ध दुई अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोग छ । कैलाश विकास बैंक, एभरेष्ट बैंकसहित विभिन्न वित्तीय संस्थासँग ऋण लिएर दुरुपयोग गरेपछि उनीविरुद्ध सम्पत्ति शुद्धिकरणमा उजुरी परेको थियो ।
काठमाडौं, नागार्जुन– ४ का बासिन्दा उनी एउटै बैंकबाट ८३ करोडसम्म ऋण लिएर आफ्नो परिवारको नाममा रकम राख्ने ‘बहादुर घोटालाबाज’ का रुपमा चिनिन्छन् । उनी अध्यक्ष रहेको एक फाइनान्स कम्पनीले ८८ निक्षेपकर्ताको नाममा दिएको एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार रुपैयाँ ऋण दुरुपयोग गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकले अनुसन्धान गरेको थियो । त्यही आधारमा उनीमाथि सवा दुई अर्बको बैंकिङ कसुर मुद्दा चलाइएको थियो ।
नेकपाका अध्यक्षद्वयलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका झापाका मेडिकल व्यापारी दुर्गा प्रसाईं पनि सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा तानिएका छन् ।
बिर्तामोडमा उनले खोलेको बिएण्डसी अस्पतालको स्रोत नखुलेको, विभिन्न बैंक अभिलेखका आधारमा रकमको आदानप्रदान संदिग्ध देखिएकोजस्ता विषयमा उनीमाथि अनुसन्धान शुरु भएको स्रोतले जनाएको छ । गत वर्ष चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले आफूसँग २० करोड घूस मागेको सार्वजनिक अभिव्यक्ति दिएपछि उनीविरुद्ध भक्तपुरमा गाली बेइज्जती मुद्दा परेको थियो ।
त्यस्तै, हुलहुज्जतपूर्ण गतिविधिमा संलग्न रही रकम आर्जन गरेको भन्दै ‘बले’ नामले चिनिने बलराम सापकोटा र उनकी पत्नी सिर्जना कक्षपतिविरुद्धको मुद्दा पनि अदालतमा पेश भएकोछ । बलेका विरुद्ध १७ करोड ४७ लाख र पत्नी सिर्जनाका विरुद्ध दुई करोड ४७ लाख बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: