Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

देशभर आज बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइदैँ

काठमाडाैँ । नेपाली हिन्दूधर्माबलम्बीकाे महान् चाड बडा दसैंको आठौं दिन आज शक्ति स्वरुपा महादुर्गाको आठौं रुप भवानी माता महागौरीको पूजा अर्चना गरि मनाइदैँ छ ।

माता महागौरीलाई शुद्धिको प्रतीकमा रुपमा मान्ने गरिन्छ । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् ।

उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशिर्वाद दिइरहेकी हुन्छिन् ।

महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहित रुपमा चित्रण गरिएको छ ।

परमकल्याणकारी र ममता भरिएको महागौरीको पूजाले पाप नष्ट हुने, दरिद्रता र कष्ट नष्ट हुने धार्मिक विश्वास रहेको छ।

आज देशका प्रमुख शक्तिपीठहरुमा देवीलाई बली चढाएर पूजा गरिन्छ ।

शक्तिपीठहरुमा राँगो, खसी, हाँस, कुखुरा आदिको बलि दिने गरिन्छ।आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ ।यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ ।

नक्साल भगवती, दक्षिणकाली, शोभा भगवती, मैतीदेवि, रक्तकाली, बज्रयोगिनी, भद्रकाली लगायतका शक्तिपीठहरुमा बलि दिने प्रचलन रहेको छ ।

पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौंँला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् ।

घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको कलश र जमरा राखिएको स्थानमा पूजा गर्ने गरिन्छ।

आजका दिन काठमाडौँ उपत्यकासहित मुलुक विभिन्न भागमा रहेका शक्तिपीठमा बलिसहित पूजापाठ गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण नगण्यमात्रामा बलिसहितको पूजा हुने छ ।

आजै राति हनुमानढोकामा ५४ वटा राँगा र बोकाको बलि दिएर कालरात्री पूजा गर्ने परम्परा रहेको छ। तर यस वर्ष कोरोनाका कारण स्थगन गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending