Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्लाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाललाई नेपाल कम्युनिष्ट पार्टी दोलखाले साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको छ ।

आजको नागरिक दैनिकमा खबर छ - मंगलबार सम्पन्न जिल्ला कार्यालयको बैठकले ति महिलासंग गरिएका दुलालका अश्लिल संवादसहितका ‘स्क्रिन सट’ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नैतिकता र पार्टी अनुशासनसंग जोडेर संगठित सदस्य समेत नरहने गरी कार्बाही गर्नका लागी नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश कमिटी समक्ष सिफारिस गरेको छ ।

तत्कालीन नेकपा एमालेका दुई पटक जिल्ला सचिव भईसकेका दुलाल नेकपा दोलखाका सचिवालय सदस्य हुन् । नेपाल कम्युनिष्ट पार्टीको बिधानमा जिल्ला कमिटि सदस्य भन्दा माथिल्लो पदका व्यक्तिलाई जिल्ला पार्टीले स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझे कार्बाहीका लागि प्रदेश कमिटिमा सिफारिस गर्नुपर्ने ब्यवस्था छ ।

मंगलबार बिहान बसेको कार्यालय बैठकले गरेको कार्बाही बारे जिल्ला पार्टीले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन । अध्यक्ष ईश्वरचन्द्र पोखरेल र सचिव गोपाल पाण्डेलाई कार्बाहीका बारेमा सोध्न फोन गर्दा दुवैले फोन उठाएनन् ।

एक जिल्ला सचिवालय सदस्यका अनुसार त्यस्ता अश्लिल गतिविधिबारे पार्टीमा समेत उजुर परेपछि उनलाई जिल्ला पार्टीले केही साताअघि लिखित स्पष्टीकरण सोधेको थियो । ती सदस्यका अनुसार लिखित स्पष्टीकरण चित्त नबुझेपछि मंगलबार कार्बाही सिफारिस गरिएको हो ।

दुलालले गाउँपालिकाकै एक महिलासँग फेसबुक च्याटमा अश्लिल संवाद गरेको स्क्रिन सटमा देखिन्छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका स्क्रिन सटहरुमा दुलालको अर्धनग्न तस्बिर समेत देखिन्छ । उनले ती महिलालाई स्तन देखाउन भनेका छन् ।

ती महिलाले आफूलाई गाउँपालिका अध्यक्षले अश्लिल सन्देश पठाएको भन्दै आफ्नी नन्दलाई देखाएपछि च्याटका स्क्रिन सट सार्वजनिक भएको जिल्ला पार्टीका नेताहरुले बताएका छन् ।

उक्त स्क्रिन सट सार्वजनिक भए लगतै गाउँपालिका अध्यक्ष दुलालले आफ्नो फेसबुक पेज ह्याक भएको स्पष्टीकरण दिएका थिए । सो लगत्तै उनको फेसबुकबाट जिल्लाका बिभिन्न व्यक्तिहरुलाई रकम माग्दै सहयोगका लागि खाता नम्बर समेत पठाईएको थियो । ह्याकरले उक्त काम गरेको उनले बताएका थिए । यद्धपी फेसबुक ह्याक भएको बारे जिल्ला प्रहरीलाई दुलालले उजुर गरेका छैनन् ।

दुलालसँग कुराकानी गर्न खोज्दा मंगलबार दिनभर उनको मोबाईल अफ छ । मोबाईलमा सम्पर्क गर्न खोज्दा ‘सरी दिन नम्बर ईज आउट अफ सर्भिस’ (माफ गर्नुहोस, यो नम्बर सेवा भन्दा बाहिर छ) मात्र भनिरहेको छ ।

उपाध्यक्ष पनि कार्बाहीमा

यसअघि गाउँपालिकाका लागि जनताले दान गरेको जग्गा अपचलन गरेको भन्दै नेकपाबाट विजयी भएका वैत्येश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यलाई समेत कार्बाहीका लागि प्रदेश कमिटिमा सिफारिस गरेको थियो ।

गाउँपालिकाको केन्द्र बनाउनका निम्ती केन्द्र क्षेत्रमा जग्गा दान गर्नेहरुलाई सट्टा गर्ने वरपरका दाताहरुले सट्टा वापत पास गरिदिएको जग्गा अपचलन गरी आफ्नो परिवारका सदस्यको नाममा पास गरेको भन्दै उनीसहित जिल्ला कमिटी सदस्य बालकुमार दाहालमाथि कार्बाहीका लागि सिफारिस गरेको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending