काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको सौर्य प्लान्टको प्रक्रिया पुनः अगाडि बढेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणबीच जग्गाको भाडामा कुरा नमिलेपछि विमानस्थलमा राख्ने भनिएको सोलार प्लान्ट रोकिएको थियो । प्राधिकरणले जग्गाको भाडाको विषयमा पुनः अध्ययन गर्ने प्रस्ताव राखेपछि प्रक्रिया अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणमा एडिबीका आयोजना हेर्ने निर्देशक मनोज सिलवालले बताए ।
‘बीचमा रोकिएको प्रक्रिया पुनः अगाडि बढेको छ, प्राधिकरणले जग्गाको भाडाको विषयमा पुनः अध्ययन गर्ने भनेपछि प्रक्रिया अगाडि बढेको छ,’ उनले भने । विद्युत् प्राधिकरणलाई जग्गा चाहिएको र नागिरक उड्डयनसँग जग्गा रहेकाले विमानस्थल परिसरमा प्लान्ट राख्ने प्रक्रिया अगाडि बढाएको सिलवालले बताए ।
२५ मेगावाट बिजुली उत्पादन गरिने प्लान्टका लागि २५ बिघा जग्गा चाहिएको छ । २ अर्ब ५० करोड लागत अनुमान गरिएको आयोजनामा एसियाली विकास बैंक (एडिबी) को समेत अनुदान रहनेछ । विमानस्थलको जग्गा भाडामा लिएर स्वतन्त्र ऊर्जा उत्पादकहरूले प्लान्ट राख्ने र त्यहाँबाट उत्पादित बिजुली प्राधिकरणले खरिद गर्ने आयोजनाको मोडालिटी समेत तय गरिएको छ ।
त्यसरी आएको ऊर्जाबाट विमानस्थल सञ्चालन गर्न सकिने प्राधिकरणको प्रस्ताव छ । विमानस्थल २४सै घन्टा चलाउनुपर्ने भएकाले उत्पादन गरेको विद्युत् प्रसारण लाइनमा जोडेर मात्रै विमानस्थलमा दिन लागिएको सिलवालले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण पनि जग्गा दिन तयार नै रहेकाले अहिले दुई पक्षीय छलफल चलिरहेको नागरिक उड्डयन प्राधिकरणको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशक प्रदीप अधिकारीले बताए ।
आयोजनाका लागि जग्गा दिन तयार भए पनि सोलार प्लान्ट राख्ने–नराख्ने विद्युत् प्राधिकरणले नै निर्णय गर्ने अधिकारी बताउँछन् । प्राधिकरणले पहिलो ३० महिना १६ रुपैयाँ ६० पैसा प्रतियुनिटका दरले उत्पादकसँग लिनेछ ।
तर, दुई वर्षपछि भने ६ रुपैयाँ ६० पैसामा खरिद गर्नेछ । सोही दुई वर्षको भिजिएफ ग्याप फन्डिङको प्रतियुनिट १० रुपैयाँ रकम एडिबीले अनुदान दिने सिलवालले बताए । एडिबीले सन् २०२२ को जुनसम्म मात्र यो अनुदान सम्झौताको समयावधि तोके पनि कोभिड–१९ का कारण थप १ वर्ष दिएको छ ।
एडिबीले ऊर्जा उत्पादकलाई नेपाल विद्युत् प्राधिकरणले दिने मूल्य र लागत मूल्यबीचमा हुने अन्तरमा अनुदान दिनेछ । यो ३० महिनासम्म मात्र उपलब्ध हुनेछ । विमानस्थलको भौतिक प्रगति ९३ प्रतिशत सम्पन्न भइसकेको छ । चिनियाँ ठेकेदार कम्पनीले डिसेम्बरसम्म सम्पन्न गर्ने जनाएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: