Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

८० प्रतिशत इँटा उद्योग बन्द अवस्थामा

सप्तरी । कोभिड–१९ का कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । नेपाल इँटा उद्योग व्यवसायी सङ्घका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी सङ्घको पदस्थापन कार्यक्रममा प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदस्थापन गराउँदै प्रधानले कोभिड–१९ का कारण भारतको पश्चिम बङ्गालका मजदुरहरु आउन छाडेकाले उत्पादनमा समस्या भएको बताए ।

देशका मजदुरलाई उद्योगका लागि प्रोत्साहन गरे पनि वैदेशिक रोजगारीमा जान रुचाउने र दक्ष, अनुभवी एवं सीपयुक्त मजदुर नहुने कारणले भारतको पश्चिम बङ्गालको मजदुरको भर पर्नुपरेको उनले बाध्यता बताए ।

उद्योगी व्यवसायीसँग नेपाल राष्ट्र बैंकले पाँच प्रतिशत ब्याज मात्र लिने भनी गरेको घोषणा व्यवहारमा कार्यान्वयन नहुँदा उद्योगी मारमा परेको गुनासो गर्दै प्रधानले काँकडभिट्टा, भैरहवा र जोगरबनी नाकाबाट कोइला ल्याउँदा ढुवानीमा बढी खर्च परिरहेकाले जिल्लाकै नाकाबाट कोइला ल्याउन पाइने व्यवस्थाको माग गरे ।

कार्यक्रममा व्यसायीहरुले एउटै आकारप्रकारको इँटा उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सप्तरीमा सञ्चालनमा रहेको करिब ५० वटा इँटा उद्योगमा ६० देखि ७० व्यवासायी आबद्ध छन् । इँटा व्यवसायी सङ्घ प्रदेश नं २ का उपाध्यक्ष शङ्कर दासका अनुसार एउटा उद्योगले रु १५ देखि १७ लाख कर तिर्ने गरेको छ । सप्तरीमा स्थापित उद्योगमध्येको इँटा उद्योगमा करिब १५ हजारले रोजगारी पाइरहेको र एक लाख व्यक्ति आश्रित रहेका छन् ।

बोदे बर्साइन नगरपालिका–३ का वडाध्यक्ष तथा इँटा व्यवसायी अनोजकुमार यादवले खुला आकाशमुनि राख्नुपरेकाले वर्षामा इँटाको नोक्सान व्यहोर्नुपरेको बताए । उनले प्राकृतिक विपद्का बेला क्षतिपूर्तिको व्यवस्थाको माग गरे ।

सङ्घका निर्वाचन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष भीमराज यादवको अध्यक्षतामा आयोजित पदस्थापन समारोहमा नवनिर्वाचित अध्यक्ष दुर्गानन्दप्रसाद साहले कोभिड–१९ का कारण लामो समयदेखि भारतीय सीमानाका बन्द रहेकाले उद्योगमा इँटा पोल्न चाहिने कोइला आपूर्ति नभएको र भारतीय मजदुर पनि आउन नसकेकाले १० प्रतिशत मात्र इँटा उत्पादन भइरहेको बताए ।

पदस्थापन कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका पूर्वअध्यक्ष धीरेन्द्रप्रसाद साह, सङ्घका उपाध्यक्ष देवेन्द्रप्रसाद यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । विसं २०६२ मा प्रस्तावित सप्तरीको इँटा उद्योग व्यवसायी सङ्घ २०७२ मा विधिपूर्वक दर्ता भएको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: