Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

कोभिडविरुद्धको भ्याक्सिनले जगायो आशा, ९० प्रतिशत सुरक्षित रहेको दाबी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले संसारलाई आतंकित बनाइरहेका वेला एउटा नयाँ भ्याक्सिनले आशा जगाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कोभिडबाट संक्रमित रहेका व्यक्तिमा भ्याक्सिन प्रयोगपछि ९० प्रतिशत सुरक्षित रहेको अमेरिकी कम्पनी फिजेर र जर्मन कम्पनी बिओनटेकले जनाएका छन् । भ्याक्सिन उत्पादक कम्पनीले सोमबार विज्ञान र मानव जगतमा ९ नोभेम्बरको दिनलाई ऐतिहासिक भनेका छन् । ‘साइन्स र मानव जगतका लागि आजको दिन महान् हो,’ फिजेर र बिओनटेकले भनेका छन् ।

यो भ्याक्सिन विभिन्न ६ राष्ट्रमा ४३ हजार पाँच सय व्यक्तिमाथि परीक्षण गरिएको थियो । तेस्रो चरणको क्लिनिकल ट्रयालमा भ्याक्सिनले कोभिडविरुद्ध शरीरको प्रतिरोधात्मक क्षमतामा वृद्धि भएको जनाइएको छ ।

भ्याक्सिन उत्पादक कम्पनीले यसै महिनाको अन्तिमसम्म आपत्कालीन अवस्थामा यसको प्रयोग गर्नका निम्ति निवेदन राख्ने भएको छ । ‘अहिलेको अवस्थामा यो नै सबैभन्दा उत्तम उपचार हुन सक्छ, हामी सामान्य जीवनमा फर्कन सक्छौँ,’ भ्याक्सिनको विश्वास देखाउँदै कम्पनीले भनेको छ ।

विश्वभरि नै कोरोना भाइरसविरुद्ध लड्ने ५० भन्दा बढी भ्याक्सिन तेस्रो चरणमा परीक्षण भइरहेका छन् । धेरै चरणको परीक्षणपछि वैज्ञानिकहरू एउटा निचोडमा पुग्नेछन् । तेस्रो चरणमै सफलता मिल्दा फिजेर र बिओनटेक भ्याक्सिन उत्पादन कम्पनी उत्साहित भएका छन् ।

‘यद्यपि परीक्षण तेस्रो चरणमै भइरहे पनि हामीले ऐतिहासिक सफलता प्राप्त गरेका छौँ, पक्कै पनि भविष्यमा यसले राम्रो समाचार दिनेछ,’ कम्पनीले भनेको छ, ‘अहिले पनि हामी परीक्षणकालमै छौँ, कोभिडबाट संक्रमितलाई इम्युनिटी शक्ति बढाउने काम भइरहेको छ ।’

नयाँ भ्याक्सिनले मानवको शरीरमा दुई किसिमले काम गर्छ । पहिलो शरीरभित्रको सेललाई सन्तुलित बनाउने काम गर्छ । इम्युन प्रणालीले कोभिडको भाइरसविरुद्ध लड्ने काम गर्छ । दुई वा तीन साताको परीक्षणपछि संक्रमित व्यक्तिको अवस्था थाहा पाइन्छ ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका तथा टर्कीमा संक्रमित भएका व्यक्तिलाई भ्याक्सिन प्रयोग गरेको सात दिनमै यसको नतिजा देखिएको फिजेर कम्पनीले दाबी गरेको छ ।

‘भ्याक्सिन लगाएको सात दिनभित्रै ९० प्रतिशत संक्रमितको अवस्था राम्रो भएको पायौँ,’ कम्पनीले भनेको छ । फिजेर कम्पनीका अनुसार यो वर्षभित्र ५० लाख व्यक्तिले भ्याक्सिन पाउन सक्छन् । २०२१ को अन्त्यसम्म एक करोड ३० लाख संक्रमितले भ्याक्सिनको लाभ उठाउन सक्छन् ।

फिजेर कम्पनीका डाक्टर तथा प्रमुख अल्वर्ट बाउर्लाले अन्तिम नतिजातर्फ उन्मुख भइरहेको बताएका छन् । ‘हामी आश्चर्यजनक रूपमा भ्याक्सिनको सफलतानजिक पुगेका छौँ, अब केही कदमपछि यसले पूर्णता पाउनेछ, अहिले विश्वमा भएका सबै व्यक्ति भ्याक्सिनकै प्रतीक्षामा छन्,’ उनले भने ।

यसैगरी, बिओनटेकका संस्थापक तथा प्राध्यापक उगुर साहिनले अहिलेको नतिजा कोसेढुंगा भएको बताएका छन् । ‘अहिलेको तथ्यले नै सबै कुरा छर्लंग पारेको छ, हामीले सुरुमा ९४ भोलेन्टरमाथि परीक्षण गरेका थियौं, उनीहरूबाट नतिजा राम्रो आएपछि यसको थप अनुसन्धानतर्फ लाग्यौँ,’ सहिनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending