काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण कार्यको नेतृत्व गरिरहेको छ।
आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ - परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले औषधिको प्रभावकारिताबारे रिपोर्ट आइनसकेको जानकारी दिए। ‘एक साताअघि क्लिनिकल ट्रायल सुरु भएको हो’, कार्यकारी प्रमुख डा. ज्ञवालीले भने, ‘अहिले त्यसको फलोअप गरिरहेका छौं।’
उनका अनुसार काठमाडौं उपत्यकाबाहिर जनकपुर प्रादेशिक अस्पताल, वीरगन्जस्थित कोभिड अस्पताल र रुपन्देहीस्थित भीम अस्पतालमा क्लिनिकल परीक्षण चलिरहेको छ। औषधिको सकारात्मक प्रभाव परेको र मृत्युदर घटाएको चिकित्सकको दाबी छ। राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिका अध्यक्ष प्रा.डा. देवबहादुर रोकाले कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको प्रयोग प्रभावकारी भएको जानकारी दिए। ‘ट्रायल परीक्षण प्रभावकारी देखिएको छ।
प्लाज्मा थेरापी, एन्टी भाइरस औषधिभन्दा आयुर्वेदिक औषधि प्रभावकारी मानिएको छ’, वरिष्ठ कायाचिकित्सक डा. रोकाले भने, परिषद्ले नै संक्रमितको उपचारमा कन्भालेसेन्ट प्लाज्मा थेरापी सुरु गरेको थियो। अहिले १५ वटा अस्पतालमा यसको ‘अब्जरभेसन स्टडी’का रूपमा अनुसन्धान भइरहेको छ। आयुर्वेदिक औषधि सेवन गरेका संक्रमित निको हुने दर बढी रहेको डा. रोकाको भनाइ छ। पछिल्लो समय कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधि र रेम्डेसिभिरको बढी उपयोग गरिएको छ। कोरोनाका साथै निमोनियासमेत भएका गम्भीर बिरामीले रेमडेसिभिरको सेवन गर्दै आएका छन्। नेपालमा रेमडेसिभिर भारतबाट आयात भइरहेको छ। विश्व स्वास्थ्य संगठनले भने कुनै पनि औषधिलाई पूर्ण प्रभावकारी भएको स्विकारेको छैन। कोरोनाको विशेष औषधि नभएकाले संक्रमितको आन्तरिक रूपमा भाइरसविरुद्ध लड्ने क्षमता विकास गर्नुपर्ने डा. रोकाको सुझाव छ। ‘गुर्जो (गुडुची) पहिलो नम्बरमा प्रभावकारी देखिएको छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। दोस्रोमा जेठिमधु प्रभावकारी मानिएको छ’, डा. रोकाले भने।
यसका साथै अमला, द्राक्षा, सतबरि (कुरिलो)ले रोगसँग लड्ने क्षमता बढाउने उनको दाबी छ। ‘यी औषधिमा त्रिकटु मिसाउने हो भने चिसोबाट हुने दम, खोकीलाई सन्चो गर्छ’, उनले भने, ‘अहिले गुर्जोका साथै जेठिमधु र त्रिकटु मिश्रित औषधिको क्लिनिकल ट्रायल भइरहेको छ। संक्रमितलाई दिइएको औषधि । व्यावहारिक रूपमा पनि प्रभावकारी देखिएको छ। मृत्युदर पनि कम भएको छ ।’ नरदेवी चिकित्सालय, केन्द्रीय आयुर्वेदिकलगायत अस्पतालमा आयुर्वेदिक औषधिको बढी उपयोग भइरहेको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: