काठमाडौं । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो । सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले खेलकूदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई आगामी शुक्रबारदेखि निरन्तरता दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
विश्व शान्तिकार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रूपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो । सेनाले खेलकूदलाई तीव्रता प्रदान गर्ने विषयमा नीतिगत व्यवस्थाका लागि मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वय गरिरहेको जानकारी दिएको छ । कोरोनाका कारण लकडाउनपछि हालसम्म केन्द्रले कुनै खेलकूद सञ्चालन गरेको छैन ।
नियमितरूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरी खेलाडी उत्पादन गर्न र खेलकूदको विकासका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिँदै आएको छ ।
सेनाले पहिलो चरणमा सागमा सहभागी अन्तर्राष्ट्रियस्तरका खेलाडी, सेनाकै प्रशिक्षक, विश्वकप चरणमा छनोट भएका खेलाडी, दोस्रो चरणमा प्रधानसेनापति ट्रफीमा सञ्चालन हुने विधाका राष्ट्रिय खेलाडी र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वयमा हुने खेलकूदका खेलाडीलाई प्रशिक्षण दिनेछ ।
कोरोनाका कारण स्थगन भएका प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत अन्तर्राष्ट्रिय ट्राई–एड्भान्चर, उच्चपर्वतीय ट्राई– एड्भान्चर, अन्तर्राष्ट्रिय महिला फुटबल, राष्ट्रिय भलिबल, खुल्ला म्याराथन दौड र प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता अनुकूल मिलाएर सञ्चालन गर्ने सेनाले जनाएको छ ।
सेनाले ३३ विधाका खेलमा सहभागिता जनाउँदै आएकामा एथलेटिक्स, फुटबल, बक्सिङ, तेक्वान्दो, आर्चरी, ब्याडमिन्टन, र्याफ्टिङ, महिला भलिबल, सुटिङका खेलाडीलाई कोभिड–१९ विरुद्ध सुरक्षात्मक उपाय अपनाएर लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकूद केन्द्रमा प्रशिक्षणमा राख्ने छ ।
धादिङमा सञ्चालन हुने ट्राई एडभेन्चरको रनिङ, साइक्लिङ र र्याफटिङमा सहभागी हुन स्वदेशी तथा विदेशी खेलाडीलाई पत्राचार गरिसकिएको जानकारी दिइएको छ । सैनिक पेशा र कौशलसँग सम्बन्धित खेललाई प्राथमिकतामा राखेर सेनाले खेल संरचना निर्माण गर्दै आएको छ ।
अन्तर्राष्ट्रियस्तरका खेलकूद कार्यक्रम सञ्चालन गर्नसक्ने सेनाको लगनखेलस्थित केन्द्रमा फुटबल खेल मैदान, कभर्ड हल, सुटिङ रेन्ज, कराँते हल, तेक्वान्दो हल, बक्सिङको रिङसहितका हल, त्यहाँस्थित नित्यकालीमा जिम हल र जङ्गीअड्डा परिसरमा फुटबल मैदान, एथलेटिक्स ट्र्याक, प्यारापिटलगायतका भौतिक पूर्वाधारका संरचना छन् ।
‘१३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता’ मा सेनाका खेलाडीले २३ स्वर्ण, ३१ रजत र ४९ कास्य अर्थात् ५० प्रतिशत पदक जित्न सफल भए । समग्र मुलुककै खेलकूद क्षेत्रको विकास र विस्तारका लागि नेपाली सेनाले ‘सैनिक खेलकूद भिजन, २०३०’ समेत तयार गरेको छ ।
सकलदर्जाको शारीरिक तथा मानसिक विकास गरी सक्षम, अनुशासित, साहसिक, पेशेवर र नेतृत्व गर्ने फौज तयार गर्न खेलकूदलाई सेनाले प्राथमिकतामा राखेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: