काठमाडौं। कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्र नदिएपछि काठमाडौंको बसुन्धरास्थित मोर्गन इन्टरनेसनल कलेजमा तनाव भएको छ । विद्यार्थीले कलेजबाट प्रवेशपत्र कब्जामा लिएर बाँडेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । त्यसका लागि प्रवेशपत्र लिन गएका विद्यार्थी र कलेज प्रशासनबीच तनाव भएको हो । शुल्क नदिएको भन्दै कलेजले प्रवेशपत्र दिन मानेको थिएन । बिहीबारदेखि सुरु भएको यो विवाद सोमबार तनावमा परिणत भएको हो ।
प्रवेशपत्र नपाएपछि कलेज पुगेका विद्यार्थी र अभिभावकले विरोध जनाएका थिए । केहीले कलेजमा ढुंगा पनि प्रहार गरेका थिए । उनीहरूले प्रिन्सिपलसँग दुव्र्यवहार गरेका छन् । तनाव उत्पन्न भएपछि प्रहरीले तीनजना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । शिक्षा मन्त्रालयको पहलमा कक्षा १२ को परीक्षा दिने तीनै विद्यार्थी धरौटीमा छुटेका छन् ।
शिक्षण शुल्क पहिले नै तिरिसकेका अभिभावकले अनावश्यक रकम मागेको गुनासो गरेका छन् । प्रवेशपत्र नदिएको र विद्यार्थी तथा अभिभावकसँग कलेज व्यवस्थापनले छलफल गर्न समेत नखोजेपछि तनाव उत्पन्न भएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।
पढ्दा तोकिएको शुल्कबाहेक ६० हजारसम्म बढी रकम मागेको अभिभावक तथा विद्यार्थीको गुनासो आएको भण्डारीको भनाइ छ । परीक्षाका वेला प्रयोग हुने स्यानिटाइजरका लागि समेत ६ हजार मागेको विद्यार्थीले गुनासो गरेको उनले बताए ।
‘व्यवस्थापनले कसैको कुरा नसुन्ने र मनपरी शुल्क असुल्न खोज्दा समस्या भयो,’ विवाद समाधानमा खटिएका अध्यक्ष भण्डारीले भने, ‘शुल्कको विषयमा तत्काल छानबिन हुनुपर्छ, सत्यतथ्य छानबिन गरेर बाहिर आउनुपर्छ, अन्यायमा परेकाले न्याय पाउनुपर्छ ।’
मोर्गन कलेजका अभिभावक तिलकबहादुर विष्टले कक्षा ११ र १२ मा गरी दुई वर्षमा ६ हजार तिर्नुपर्ने र अरू छात्रवृत्तिमा पढाउने गरी भर्ना गरेको भए पनि अहिले आएर ५६ हजार रुपैयाँ मागेको गुनासो गरे ।
‘कक्षा ११ मा तीन हजार र १२ मा पढ्दा तीन हजार तिरियो, अहिलेसम्म केही पनि भनेको थिएन, प्रवेशपत्र लिन आउँदा ५६ हजार तिर्नुपर्छ भन्यो,’ अभिभावक विष्टले भने, ‘विद्यार्थी एक दिन अनुपस्थित हुँदा फोन आउने कलेजमा पैसा तिर्नु छ भनेर अहिलेसम्म एक कल आएको थिएन, प्रवेशपत्र लिन जाँदा छात्रवृत्तिमा पढेकालाई ५६ हजार तिर्नुपर्छ भन्यो ।’ प्रवेश परीक्षामा जिपिए ३.७ ल्याएपछि विज्ञान विषयमा छात्रवृत्ति दिएको उनको भनाइ छ ।
मोर्गन इन्टरनेसनल कलेजका प्रिन्सिपल दीपेन्द्र भण्डारीले अनावश्यक शुल्क लिएको भन्ने विद्यार्थी तथा अभिभावकको आरोप गलत भएको बताए । उनले उठाउन बाँकी भएको शुल्क मात्र मागेको दाबी गरे ।
शिक्षासचिव गोपीनाथ मैनालीले मोर्गन कलेजको शुल्क विवाद हेर्न स्थानीय तहलाई आग्रह गरेको बताए । तत्कालका लागि विवाद साम्य पारेको बताउँदै उनले भने, ‘कक्षा १२ को परीक्षा दिने कलेजका विद्यार्थी थुनिएका थिए । विद्यार्थी, अभिभावक र व्यवस्थापनबीच तनाव हुन लागेपछि हामीले साम्य पार्न पहल गर्यौँ ।’ यसको निष्पक्ष अध्ययनका लागि स्थानीय तहलाई मौखिक आग्रह गरेको उनले बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: