Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सुधीर बस्नेतलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ठगी आरोपित सुधीर बस्नेतलाई पक्राउ नगर्न आदेश दिएको छ । करोडौँ ठगी र बैंकिङ कसुरमा मुछिएका बस्नेतलाई सर्वोच्चको एकल इजलासबाट पक्राउ नगर्न परमादेश भएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - न्यायाधीश पुरुषोत्तम भण्डारीको मंगलबारको एकल इजलासबाट आएको आदेश बिहीबार सार्वजनिक भएको छ । बस्नेतमाथि पहिल्यैदेखि मुद्दा चलिरहेको र विचाराधीन रहेको अवस्थाका कारण उनलाई यसै विषयमा पटक–पटक पक्राउ गर्न आवश्यक नरहेको सर्वोच्चको ठहर छ ।

आदेशमा बस्नेतले कर्जा लिँदा सुरक्षणबापत राखेको धितोको लिलाम बिक्री गरी निवेदकउपर ऋण असुली न्यायाधीकरणमा मुद्दा दर्ता भई विचाराधीनसमेत रहेको र यसै विषयमा २०६९ सालमा ठगी तथा बैंकिङ कसुर मुद्दाको अनुसन्धान भई निवेदकका विभिन्न कम्पनी, उद्योग, हाइड्रोपावरलगायतका सम्पत्तिहरू सम्पूर्ण सेयर, डिबेञ्चर रोक्का राखी कारबाहीसमेत भएको हुँदा फेरि सोही मुद्दामा पक्राउ गर्न नमिल्ने उल्लेख छ ।

उक्त ठगी मुद्दामा उनी कसुरदार ठहर भएको र सजाय भएकोमा ठगीतर्फको सजाय भुक्तान गरिसकेको कारण पनि एकै व्यक्तिउपर एकै मुद्दामा धेरै मुद्दा चलाउने, सजाय गर्न नमिल्ने र यो कार्य कानुनी र सैद्धान्तिक व्यवस्थाविपरीत रहेको आदेशमा बताइएको छ ।

‘एकै व्यक्तिउपर विभिन्न अदालतमा एकै मुद्दाउपर पटक–पटक मुद्दा चलाउने, सजाय गर्न नमिल्ने कानुनी र सैद्धान्तिक व्यवस्थाविपरीत पक्राउ गर्न खोजेको र निवेदकले कर्जा लिँदा सुरक्षण धितो दिएर कर्जा लिएको समेत देखिएको र ऋण असुली न्यायाधीकरणमा मुद्दा दर्ता भई विचाराधीन रहेको अवस्था विद्यमान देखिँदा सो मुद्दाको अन्तिम किनारा नलाग्दै निवेदकलाई सोही विषयमा कारबाहीका लागि पक्राउ नगर्नू, नगराउनू’ आदेशमा उल्लेख छ ।

बस्नेत आठ वर्षअघि ठगी मुद्दामा कसुरदार ठहरिसकेको र सजायसमेत भुक्तान गरिसकेको न्यायाधीश भण्डारीले आदेशमा भनेका छन् । मंसिर ५ मा बस्नेतले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय समेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

उनको सहकारीले एक वाणिज्य बैंकबाट लिएको ऋण तिर्न नसक्दा धापासीस्थित धरौटीमा राखिएको जग्गा बैंकले लिलामी गर्न खोजेको थियो । तर, बिक्री नभएपछि आफैँ सकारेर उक्त जग्गामा बैंकले संरचना बनाइसकेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending