काठमाडौं । ट्राफिक कार्यालयमा अनियमितता गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले दुई प्रहरी उपरीक्षक (एसपी) माथि कारबाही अघि बढाएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वर यादवमाथि छानबिन सकाएर कारबाही अघि बढाइएको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा उनीहरूले अनियमितता गरेका छन् । आफूमातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि कारबाही गर्न लागिएको उच्च प्रहरी स्रोत बताउँछ ।
एसपी यादव चार महिनाअघिसम्म प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा थिए । उनीअघि एसपी बस्नेत त्यहाँ कार्यालय प्रमुख थिए । प्रदेशका सबैजसो ट्राफिक कार्यालयबाट उनीहरूले पैसा उठाउने गरेको प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गतको उजुरी छानबिन शाखाले पुष्टि गरेको हो । स्रोतका अनुसार मासिक रूपमा उनीहरूलाई पैसा बुझाउने प्रहरीहरूले नै त्यसको पुष्टि गरिदिएका छन् ।
दुवै एसपीसँग बयान लिएर उजुरी छानबिन शाखाले कारबाहीका लागि कानुन शाखामा छानबिन प्रतिवेदन बुझाएको छ । ‘तत्काल निलम्बन गर्नुपर्ने अवस्था देखिन्छ,’ छानबिनमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘प्रहरीलाई धम्क्याएरसमेत पैसा बुझाउन लगाउने गरेको देखियो ।’ सडकका ट्राफिक पोस्टहरूमा समेत मासिक पैसा बुझाउने सर्तमा उनीहरूले ट्राफिक खटाउने गरेको छानबिनमा देखिएको छ ।
कारबाहीको सिफारिस भएका दुवै एसपी खराब ‘ट्रयाक रेकर्ड’ भएका प्रहरी अधिकारी हुन् । एसपी यादवमाथि पटकपटक विभागीय कारबाही भएको छ । दुई वर्षअघि सिन्धुलीमा प्रहरी प्रमुख हुँदा पनि उनी घुसकाण्डमा परेका थिए । बिपी राजमार्गमा मापदण्डविपरीतका सवारीसाधन सञ्चालन गर्न दिने र त्यसबाट दैनिक पैसा असुल्ने गरेको प्रहरी मुख्यालयको छानबिनमा खुलेको थियो ।
राजमार्गमा पैसा उठाउन झोला नै दिएर प्रहरी खटाउने गरेको पुष्टि भए पनि त्यतिवेला उनलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिइएको थियो । इन्स्पेक्टर हुँदा रुपन्देहीमा लागुऔषध कारोबारीसँग पैसा लिएकोमा निलम्बनमा परेकामा सामान्य कारबाही गरेर जागिरमा फर्काइएको थियो । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा हुँदा पनि घुस लिएको उजुरीमा छानबिन भए पनि प्रमाण नपुगेपछि कारबाहीबाट जोगिएका थिए ।
त्यस्तै, एसपी बस्नेत पनि विगतमा पटकपटक छानबिनमा परेका थिए । यसअघि गोरखामा हुँदा केही महिनामा नै उनलाई हटाइएको थियो । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका बस्नेत उनको हरेक पोष्टिङमा विवादमा पर्ने गरेका छन् ।
प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले कर्णाली प्रदेश ट्राफिक कार्यालयमा भएको अनियमितताबारे छानबिन भइरेहकाले विस्तृत विवरण आफूसँग नभएको बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: