काठमाडौं । बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय राजेन्द बोहराले बलात्कार गरे । गर्भ रहे स्विकार्ने सर्तमा गाउँमै उक्त घटनामा मिलापत्र गराइयो । बलात्कार गरेबापत ५ सयको नोट जरिवानास्वरूप ती बालिकाको खुट्टामा राखेर बोहराले ढोगे ।
आजको नागरिक दैनिकमा खबर छ - मिलापत्र भएको डेढ साता नबित्दै बोहराले १२ वर्षीया सम्झना कामीलाई बलात्कार गरे । उनले बलात्कारपछि ती बालिकाको हत्यासमेत गरे । बलात्कार र हत्या आरोपमा उनी पक्राउ परे । त्यसपछि मात्र पहिले गाउँमै मिलापत्रमा टुंग्याइएको बलात्कार घटनाकी पीडित बालिकाका आफन्त न्यायका लागि प्रहरीसमक्ष पुगे ।
बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बिहे गरेको ६ महिनामै सुत्केरी भइन् । ६ महिनामै बच्चा जन्माएपछि उनका आफन्तले केरकार गरे । आफन्तको चर्को दबाबपछि मात्र किशोरीले बलात्कृत भएका कारण गर्भ बसेको बताइन् । उनलाई पढाउने शिक्षकलगायत पाँचजनाले बलात्कार गरेको घटना सार्वजनिक भयो । घटना सुरुमा गाउँमै मिलाउन खोजियो तर दबाब बढेदै गएपछि प्रहरीले आरोपित पाँचैजनालाई पक्राउ ग(यो । सिगास गाउँपालिकाकै १८ वर्षीया अर्की किशोरी बलात्कृत भएको घटना ६ महिनापछि सार्वजनिक भएको छ । पीडितलाई एकतोला सुन दिने कागज बनाएर घटना गाउँमै सामसुम पार्न खोजिएको थियो । असार दोस्रो साता पानी भर्न जाँदा दीपकसिंह धामीबाट बलाकृत किशोरीलाई कात्तिक मसान्तभित्र एकतोला सुन दिने सर्तमा मिलापत्र गरिएको घटना अहिले आएर सार्वजनिक भएको हो ।
मिलापत्र गरिए पनि पीडितले पटकपटक धम्की र सुन नदिएपछि घटना बाहिरिएको हो । यो विषय बाहिर आएपछि प्रहरीले घटनामा संलग्नलाई कारबाहीको तयारी गरेको छ ।
बैतडी पञ्चेश्वर गाउँपालिका–४ का ४५ वर्षीय पुरुषले आफ्नै १० वर्षीया छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको घटना गत असारमा बाहिर आएको छ । आमा अर्कै लोग्नेसँग गएपछि बाबुले पटकपटक छोरीलाई बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको छ । बाहिर कसैलाई भने मार्ने धम्की बाबुले दिएकाले ती बालिकाले लामो समयदेखि पीडा सहदै आएकी थिइन् । ती बालिकाले पीडा सहन नसकेर गत असारमा घटना सार्वजनिक गरेपछि प्रहरीले उनका बाबुलाई पक्राउ ग(यो । अहिले उनी पुर्पक्ष थुनामा छन् ।
यी त सार्वजनिक भएका बलात्कारका केही प्रतिनिधि घटना हुन् । सुदूरपश्चिमका दूरदराजका गाउँमा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराइन्छ । प्रहरीले पनि सुदूरपश्चिमका दूरदराजमा बलात्कारका घटनामा मिलापत्र गराइने गरेको पाइएको जनाएको छ । धेरैजसो यस्ता घटना प्रहरीकहाँ पुग्दैनन् र पुग्न चाहनेलाई पनि तगारो हालिन्छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: