Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रधानमन्त्रीकै पार्टी मुख्यालय असुरक्षित, देश कति सुरक्षित ?

काठमाडौं । लामो समयपछि पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि अन्तिम समयमा बालुवाटार सारियो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - शनिबार बसेको सचिवालय बैठकले धुम्बाराहीमै बैठक गर्ने निर्णय गरे पनि ‘सुरक्षा जोखिम’का कारण प्रधानमन्त्री पार्टी कार्यालय जान नमानेको नेताहरूको भनाइ छ । तर, सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित छैन भने प्रधानमन्त्री केपी ओलीले कस्तो देश चलाइरहेका छन् ? विपक्षी मात्र होइन, सत्तारुढ दलकै नेताले पनि गम्भीर प्रश्न उठाएका छन् ।

सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित नरहेको खबरले देशको समग्र सुरक्षा अवस्था राम्रो नभएको सन्देश गएको राजनीतिक दलका नेताहरूले टिप्पणी गरेका छन् । केही ‘सुरक्षा थ्रेट’को विषय उठाएर देशको प्रतिष्ठामाथि खेलबाड गरिएको बताउँछन् भने केहीचाहिँ प्रधानमन्त्री निवासबाटै यो खबर आएकोले हलुका ढंगले टिप्पणी गर्न नहुने बताउँछन् ।

पूर्व रक्षामन्त्री समेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधान प्रधानमन्त्रीले नै आफ्नै पार्टी कार्यालयमा ‘सुरक्षा जोखिम’ छ भन्नु गैरजिम्मेवार टिप्पणी भएको बताए । ‘अहिले नेकपाकै सरकार छ, देशको सुरक्षाको जिम्मा उहाँहरूको हातमा छ, तर पार्टी कार्यालयमा सुरक्षा जोखिम छ भनेर के सन्देश दिन खोज्नु भएको हो ?’ उनले भने, ‘यो त निम्नस्तरको राजनीति भयो । यसले त देशकै विषयमा एकदमै नकारात्मक सन्देश प्रवाह भएको छ । यो एकदमै गैरजिम्मेवारपूर्ण भनाइ हो ।’

साँच्चै ‘सुरक्षा खतरा’ भए अनुसन्धान हुनुपर्ने प्रधानको मत छ । ‘त्यस्तो खतरा छ भने उहाँहरूले अनुसन्धान गर्नुपर्ने हो । प्रधानमन्त्रीको पार्टी मुख्यालय नै असुरक्षित छ भने उहाँहरूले नेतृत्व गर्नुभएको सुरक्षा संयन्त्र कमजोर छ भन्ने सन्देश जान्छ, यसले कुनै नेता वा पार्टी मात्रै होइन, देश नै बदनाम भएको छ,’ उनले भने ।

पूर्व गृहमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य भीम रावल ‘सुरक्षा थ्रेट’ देखेर बैठक धुम्बाराहीबाट बालुवाटार सरेको हो–होइन भन्ने विषयमा आफूलाई स्पष्ट जानकारी नभएको बताउँछन् । ‘तर, प्रणालीगत हिसाबले पार्टीको बैठक पार्टीकै मुख्यालयमा बस्नुपर्छ ।

त्यसैकारण सचिवालयका नेताहरूले बैठक धुम्बाराहीमा बस्नुपर्छ भन्नु भएको होला । यो प्रणालीगत कुरा हो,’ उनले भने, ‘कुनै असाधारण अवस्थामा मात्र पार्टी कार्यालयबाहिर बैठक बस्नुपर्ने हो । तर, अहिले प्रधानमन्त्री तथा अध्यक्षको आग्रहमा पार्टी सचिवालय बैठक धुम्बाराहीमा नबसेर बालुवाटारमा बसेको देखिन्छ ।’

पूर्व गृहमन्त्री एवं कांग्रेस नेता कृष्ण सिटौला सरकारको व्यवहारले सम्पूर्ण राज्य व्यवस्थामाथि नै नकारात्मक प्रभाव पर्न थालेको बताए । उनले प्रधानमन्त्री आत्तिएको र त्यही सन्दर्भमा बैठकस्थलको ‘सुरक्षा थ्रेट’को प्रसंग आएको हुन सक्ने संकेत गरे ।

‘सरकारले जनताको अधिकार कुल्चिएर दमन गर्न थालेकै कारण सम्पूर्ण राज्य व्यवस्थामाथि नै नकारात्मक प्रभाव पर्न थालेको छ,’ उनले भने, ‘कम्युनिस्ट पार्टीको आन्तरिक कलहले पूरै देश प्रभावित भएको छ । सरकारको, प्रधानमन्त्रीजीको ध्यान जनतातर्फ छैन । उहाँहरू आत्तिनुभएको छ । आत्तिएर सरकार दमनमा उत्रेको छ । सरकार चरम दमनमा उत्रन थालेको तनहुँको घटनाले पनि पुष्टि गरेको उनको भनाइ छ ।

ओलीनिकट मानिने नेकपा नेता एवं सांसद विजय सुब्बाले ‘सुरक्षा थ्रेट’ विषय उठ्नुमा कारण देख्छन् । उनको भनाइमा प्रधानमन्त्री ओली कहिल्यै पनि हलुका ढंगले बोल्ने नेता होइनन् । ‘प्रधानमन्त्री कहिल्यै पनि हलुका ढंगले बोल्नुहुन्न, कुनै न कुनै कारण हुन्छ ।

सुरक्षाबारे केही थ्रेट होला । त्यसैले उहाँले धुम्बाराही जान्नँ भन्नु भएको हुनुपर्छ,’ सुब्बाले भने, ‘यहाँ प्रहरीले धुम्बाराही मात्र होइन, उपत्यका नै सुरक्षित छ भनेर दाबी गरेको पनि पत्रिकामा मैले पढेँ । तर, त्योचाहिँ बडो हास्यास्पद लाग्छ । सुरक्षित भनेको वेला पनि मान्छे मारिएका छन् । त्यसैले सुरक्षा गर्ने काम छँदै छ आफ्नोतर्फबाट, तर अपराधीहरूले जे पनि गर्न सक्छन् ।’

राजनीतिक उतारचढाव अझै छिटो–छिटो ल्याउनका लागि जे पनि हुन सक्ने सुब्बाको भनाइ छ । उनी भन्छन्, ‘अहिलेको राजनीतिक परिस्थिति एकदमै उथलपुथलपूर्ण छ, यस्तो वेलामा जुनसुकै काम गर्न पनि पछि पर्दैनन् । राजनीतिमा उतारचढाव अझै छिटो–छिटो ल्याउनका लागि जे पनि हुन सक्छ । प्रधानमन्त्रीलाई उडाउने ढंगले सोच्नु गल्ती हुन्छ भन्ने लाग्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending