काठमाडौं । कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ । त्यो पनि संविधानको मूल मर्म र भावना खारेजीको माग गर्दै ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - ०६२–६३ को क्रान्तिका मुख्य उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि धावा बोल्दै पुरातनवादीहरु चरणबद्ध प्रदर्शन गरिरहेका छन् । देशका मुख्य शहर धनगढी, जनकपुर, बुटवल, पोखरा, विराटनगरमा फरक फरक ब्यानरमा प्रदर्शन गरेका छन् ।
उनीहरुको उद्देश्य भने एउटै देखिन्छ गणतन्त्र खारेज गरी राजतन्त्र फर्काउने, धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र कायम गर्ने र संघीयता खारेज गर्ने । संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन हुन थालेपछि उपत्यकाका तीनै जिल्ला प्रशासनले आन्दोलनकारी माथि निगरानी बढाउने निर्णय गरेका छन् ।
आखिर गणतन्त्र स्थापनाको १२ वर्षमै राजावादीहरु किन सलबलाए ? नागरिक समाजका अगुवा कृष्ण पहाडी भन्छन्, गणतन्त्रपछि जति शासक आएपनि उनीहरुले यो व्यवस्थालाई बलियो बनाउनेभन्दा पनि यसलाई विकृत बनाउने काम गरिरहेका छन् ।
अहिले परम्परागत शक्ति या राजावादी सडकमा देखिनुमा सरकार बढी दोषी रहेको उनको बुझाइ छ । संविधानसभाका अध्यक्ष एंव नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ परिवर्तनकारी दलभित्रको विवाद र सरकारका राम्रा कामको प्रचार गरी स्वामित्व लिन नसक्दा दक्षिणपन्थीहरु सल्बलाएका तर्क गर्छन् ।
कांग्रेस नेता डा शेखर कोइराला क्रान्तिपछि प्रतिक्रान्तिका छिट्टा देखिनु स्वभाविक भए पनि सरकारको कार्यक्षमता कमजोर भएका कारण राजावादीलाई हौसला मिलेको बताउँछन् । ‘सरकारले जनअपेक्षाअनुसार काम नगरेपछि नागरिकमा निराशा त हुन्छ नै’ नेता कोइराला भन्छन्, ‘अहिलेको भन्दा पुरानै व्यवस्था ठीक रहेछ भन्ने जनतामा धारणा उत्पन्न हुन्छ । त्यसका लागि राजनीतिक दल र सरकार बढी जिम्मेवार बन्नुपर्छ ।’
जनता समाजवादी नेर्ता एंव संविधानविद लक्ष्मणलाल कर्ण सरकारको कार्यशैली र परिवर्तनकारी पार्टीभित्रको संघर्षका कारण राजावादी सलबलाएको तर्क गर्छन् ।
पूर्व सभामुख दमननाथ ढुंगाना ०६२–६३ को आन्दोलनको परिवर्तनमाथि प्रश्न उठेको बताउँछन् । ‘परिवर्तनमाथि प्रश्न उठाउँदैमा पुरा हुन्छन् भन्ने हुँदैन’, ढुंगाना भन्छन्, ‘तर परिवर्तनका पक्षधरले यसलाई कसरी लिन्छन् भन्ने हो ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: