Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

ट्रम्पद्वारा सन् २०२४ मा पुनः निर्वाचन लड्नसक्ने भनाइसहितको भिडियो सार्वजनिक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिनसक्ने सङ्केत गरेका छन् ।

राष्ट्रपति ट्रम्पले मंगलबार व्हाइट हाउसको क्रिसमस पार्टीमा पाहुनाहरूसँग भने, “यो अचम्मको चार बर्ष भयो, हामीले अर्को चार बर्ष नेतृत्व गर्ने कोशिस गर्दैछौं । यदि यो सम्भावना नभएमा म तपाईँलाई अर्को चार बर्षपछि भेट्नेछु ।”

कैयौँ रिपब्लिकन पार्टीका महत्वपूर्ण ओहदामा बसेका वर्तमान् तथा विगतका अधिकारीहरूसमेत सहभागी उक्त कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिइएको भएपनि कार्यक्रमको भिडियो तत्कालै सार्वजनिक भएको थियो ।

नोभेम्बर ४ को चुनावको झन्डै एक महिना पछि ७४ वर्षीय ट्रम्प अझै पनि आफू निर्वाचनमा हारेको कुरा स्वीकार्न अस्वीकार गरे । उनले अगामी दिनको प्रशासन निर्माणमा व्यस्त राष्ट्रपति निर्वाचित डेमोक्र्याटिक प्रतिद्वन्द्वीलाई जो बाइडेनलाई स्वीकार गरिसकेका छैनन् ।

ह्वाइट हाउसमा बदली भएका ट्रम्पले आफ्नो सार्वजनिक उपस्थितिलाई न्यून बनाउन थालेका छन् तर उनकै शब्दमा निर्वाचनमा ‘धाँधली र ठगी’को बारेमा आवेगात्मक ट्वीट भने लेखिरहेका छन् । यद्यपि उनका आफ्नै वकीलले भने निर्वाचनमा भएका धाँधलीका बारेमा ट्रम्पको विचारभन्दा भिन्न धारणा राखेका छन् ।

उनले भने, “आजसम्म हामीले त्यस्तो नक्कली मापदण्ड देखेका छैनौं जसले चुनावमा फरक नतिजा ल्याउन सक्छ,” राष्ट्रपतिका कानुनी सल्लाहाकार बिल बारले मंगलबार एसोसिएटेड प्रेस (एपी)सँग भने । बारको कथनलाई सबैभन्दा शक्तिशाली मान्न सकिन्छ किनकि उनी ट्रम्पको निकट सहयोगी हो ।

जिज्ञासाजनक राजनीतिक वातावरणलाई ध्यानमा राख्दै राष्ट्रपति निर्वाचित वाइडेनभने आफ्नो मन्त्रिपरिषद्का उम्मेदवार र नियुक्तिमा व्यस्त छन् ।

राष्ट्रपति ट्रम्पले षडयन्त्रका सिद्धान्तहरूबारे चर्चा गर्दै आफूले सहजै सत्ता हस्तान्तरण नगर्ने चर्चा गरेपछि अमेरिकी नागरिकमा एक प्रकारको अन्यौलको स्थिति देखिएको बताउने गरिएको छ । सुरुका दिनमा जस्तो ट्रम्पले सत्ता सहजै हस्तान्तरण नगर्ने कुरालाई पटक पटक नदोहोराए पनि निर्वाचन परिणामप्रति आफू सन्तुष्ट नरहेको धारणा भने यदाकदा सुन्न पाइन्छ ।

एनबीसी न्यूजका अनुसार ट्रम्पले आफ्नो २०२४ को निर्वाचन अभियानलाई वाइडेनले सत्ता सम्हालेकै दिन जनवरी २० देखि नै सुरू गर्ने सम्भावनाबारे निकटस्तहरूसँग छलफल गरेका छन् । ट्रम्प र उनको दलले बाइडेनको उद्घाटन समारोहमा भाग लिन नचाहेको कतिपय सञ्चारमाध्यमले लेख्दै पनि आएका छन् ।

मेनहटनका जग्गा व्यवसायीबाट राष्ट्रपतिसम्म पुग्न सफल भाग्यमा बढी विश्वास गर्ने ट्रम्पले आफूले पहिलो कार्यकालको पद तथा गोपनियताको सपथ खाएसँगै दोस्रो कार्यकाल सन् २०२० को निर्वाचनका लागि कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending