दोलखा। दोलखा र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ, ओरियन्ड म्याग्नेसाइट उद्योग । यो दक्षिण एसियाकै ठूलोमध्येको एक म्याग्नेसाइट उद्योग हो । तर, देशको औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने सम्भावना बोकेको यो उद्योग पछिल्लो दुई दशकयता बेहाल अवस्थामा छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - बेलाबेलामा पुनः सञ्चालनमा ल्याउने चर्चा चले पनि २२ वर्षदेखि यो उद्योग सञ्चालनमा आउन सकेको छैन । यो उद्योगले कुनै समय २ हजारभन्दा बढीलाई रोजगारी दिएको थियो। सरकारी उदासीनताका कारण उद्योग सञ्चालनमा नआएपछि अर्बाैं मूल्य बराबरको म्याग्नेसाइट र खरिढुंगा उपयोगविहीन बनेका छन् । उद्योग सञ्चालनमा नआउँदा हजारौंले रोजगारीको अवसर गुमाएका छन् भने उद्योगको करोडाैं मूल्य बराबरको संरचना र सामान कवाडीमा परिणत हुँदै गएका छन् ।
ओरियन्ड म्याग्नेसाइटको विश्व बजारमा उच्च माग हुँदाहुँदै भारतीय एक कम्पनीको दबाबमा ०५५ सालदेखि उद्योग पूर्ण रूपमा बन्द भएको हो । ०५८ सालमा तत्कालीन माओवादीले ओरियन्ड म्याग्नेसाइट उद्योगमा आगजनी गरेर करोडौंको सामान नष्ट गरेपछि अहिले यो उद्योगको भग्नावशेष मात्र बाँकी छ ।
सरकारी बेवास्ताकै कारण उद्योग सञ्चालनमा आउन नसकेपछि थुप्रै बहुमूल्य मेसिनका पार्टपुर्जा चोरी भइसकेका छन् । २२ वर्षदेखिका कुनै पनि सरकारको पालामा उद्योग सञ्चालनमा ल्याउन विशेष प्रयत्नसमेत नगरेका कारण उद्योगमा केही सुरक्षा गार्डबाहेक १६ जना कर्मचारी राजधानीमै तलब बुझेर बसेका छन् ।
नेपाल सरकारको ७५ प्रतिशत, खेतान समूहको १२.५ प्रतिशत र भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको १२.५ प्रतिशत लगानी रहेको यो उद्योग सुरुदेखि नै अप्ठ्यारोमा परेको थियो । भारतीय कम्पनीको गलत नियत र नेपाल सरकारको बेवास्ताका कारण उद्योग डुबेर भारतीय पक्षले पुनः सञ्चालनमा ल्याउन नदिएपछि उद्योगको अवस्था जीर्ण बन्दै गएको हो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: