काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’ मा मानव तस्करी भइरहेको आशंकामा गृह मन्त्रालयले छानबिन थालेको छ । अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै ठूलो संख्यामा युवा–युवती भिजिट भिसाबाट खाडी देशमा गएको पाइएपछि छानबिन सुरु गरिएको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - गृह मन्त्रालयले उपसचिव रुद्र पण्डितको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिमा अध्यागमन विभागका निर्देशक चुणा न्यौपानेलगायत सदस्य छन् । मानव तस्करी गिरोहसँगै मिलेर अध्यागमनका कर्मचारीले भिजिट भिसामा सहजै जान दिएको सूचनाका आधारमा छानबिन थालिएको मन्त्रालय स्रोतले जनाएको छ ।
‘खासगरी रातिको उडानमार्फत ठूलो संख्यामा नेपाली युएई र कतार गएको देखियो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘प्रारम्भिक छानबिनमा केही कर्मचारीको मिलेमतो देखिएको छ ।’ अध्यागमन विभागले सेटिङमा संलग्न भएको आशंकामा केही कर्मचारीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हटाइसकेको छ ।
स्रोतका अनुसार विमानस्थलस्थित अध्यागमन प्रमुख गौलोचन सैंजूलाई समेत छानबिनको दायरामा ल्याइएको छ । गैंजूले भने अध्यागमनबाट कुनै गल्ती नभएको दाबी गरे । ‘तोकेको कागजपत्र देखाएपछि हामीले जान दिनैपर्यो,’ उनले भने, ‘शंकास्पद लागेकालाई हामीले दैनिक रूपमा फर्काइरहेका पनि छौँ ।’
गृह स्रोतका अनुसार सेटिङकै कारण अध्यागमन र प्रहरीबीच समेत विवाद भएको थियो । छानबिन समितिले अन्तर्राष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा विदेश गएका नेपालीको सबै विवरण संकलन गरिसकेको छ । खासगरी दुबईमा ठूलो संख्यामा नेपाली गएका छन् । दुबईमा कामदारको माग हुन थालेकाले भिजिट भिसामा सेटिङ मिलाएर लैजान थालिएको छ ।
भिजिट भिसामा मानव तस्करी गरिरहेको आशंकामा वैदेशिक रोजगार विभागले पनि शुक्रबार केही मेनपावर कम्पनीमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: