वासिङटन । अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् ।
अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । आगामी सोमबार अर्थात् डिसेम्बर १४ मा इलेक्टोरल कलेजले राष्ट्रपतिका उम्मेदवारलाई औपचारिक रुपमा निर्वाचित भएको घोषणा गर्नेछन् ।
पश्चिम भर्जिनिया राज्य बुधबार राष्ट्रपति पदको निर्वाचन परिणाम प्रमाणित गर्ने अन्तिम राज्य बनेको छ । यस राज्यबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले ५ वटा इलेक्टोरल मत प्राप्त गरेका छन् ।
राष्ट्रपति–निर्वाचत जो बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गर्ने अनुमान गरिएको छ जबकी राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल मत मात्र प्राप्त गर्नेछन् । राष्ट्रपति बन्नका लागि कूल ५३८ इलेक्टोरल मतमध्ये २७० मत आवश्यक पर्दछ ।
राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको र राष्ट्रपति पदको नतिजामा शंका लाग्ने निराधार दाबी गरिरहे पनि राज्यहरुले चुनावी मतपरिणाम प्रमाणित गरी पठाएका छन् । निर्वाचन परिणामलाई चुनौती दिई गत नोभेम्बरको चुनावपछि राष्ट्रपति ट्रम्पका तर्फबाट दायर दर्जनौं मुद्दाहरु राज्य र स्थानीय तहबाट खारेज भएका थिए ।
अमेरिकामा निर्वाचन परिणाम प्रमाणित गर्ने हरेक राज्यका आआफ्नै तरिका र प्रक्रिया छन् ।
इलेक्टोरल कलेज प्रक्रियाको अर्को प्रमुख कदम भनेको निर्वाचनको बैठक हो । यस वर्ष इलेक्टोरल कलेजको बैठक यही डिसेम्बर १४ मा बस्दैछ । यो बैठकले प्रदान गर्ने मतलाई अमेरिकी कंग्रेस समक्ष हस्तान्तरण गरिन्छ । आगामी जनवरी ६ मा बस्ने कंग्रेसको संयुक्त सत्रमा इलेक्टोरल मत गणना र प्रमाणीकरण गरिन्छ ।
यसैबीच, राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै केही राज्यको मतपरिणाम बदर गर्न सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
राष्ट्रपति–निर्वाचित जो बाइडेन विजयी हुनु भएका चार वटा राज्यको मतगणनामा समावेश गरिएका लाखौं मतपत्र खारेज गर्न राष्ट्रपति ट्रम्पले सर्वोच्चमा निवेदन दिएको अमेरिकी संचार माध्यम सिएनएनले जनाएको छ ।
राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सास राज्यका महान्यायाधीवक्ता केन प्याक्सटनले दिएको निवेदनमा जर्जिया, मिचिगन, पेन्सिल्भेनिया र विस्कन्सिन राज्यका लाखौं मतपत्र बदर गर्न माग गरिएको छ ।
सर्वोच्चमा दिइएको निवेदनमा राष्ट्रपति ट्रम्पले “हाम्रो मुलुक सन् १८६० को निर्वाचन यता सबैभन्दा गहिरो रुपमा विभाजित भएको छ” भनेका छन् । निवेदनमा भनिएको छ, “विपरीत पक्षहरुबीच अति धेरै अविश्वास व्याप्त छ, र केही राज्यका निर्वाचन अधिकारीहरुले आफूलाई राज्यका निर्वाचन कानुनमार्फत प्राप्त अधिकारको प्रयोग गर्न असफल भएका छन् ।”
टेक्सासका महान्यायाधीवक्ताले तर्क गरेझैं राष्ट्रपति ट्रम्पले चार राज्यले कोरोनाभाइरस महामारीलाई देखाएर चुनावलाई विश्वसनीय बनाउने सबै पक्षलाई बेवास्ता गर्दै आफूखुशी राज्यका कानुनको कार्यान्वयनलाई बेवास्ता वा निलम्बित गरेको बताएका छन्।
राष्ट्रपति ट्रम्पले सन् २०२० को चुनावी परिणामलाई राज्यका संसद मार्फत पुनः समीक्षा गर्न माग गर्नु भएको छ । उनले बाइडेन निर्वाचित भएका चार राज्यका इलेक्टोरल मत खारेज गरी नयाँ टोली पठाउनुपर्ने जिकिर गरेका छन्।
राष्ट्रपति ट्रम्पको नयाँ कदमको समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा रिपब्लीकन पार्टीभित्रै विवाद उत्पन्न भएको छ । केही रिपब्लीकन सदस्यहरुले राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सास राज्यका महान्यायाधीवक्ताले सर्वोच्चमा मुद्दा दायर गर्नु अमेरिकी लोकतन्त्रमाथिकै धब्बा रहेको बताएका छन् । एपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: