चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा भालेको अभाव भएको छ । त्यहाँ रहेको एउटा भालेले प्रजननमा काम गर्न छाडेपछि अभाव भएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार भालेले काम नगरेपछि गत वर्ष त्यहाँका ११ वटा पोथीले पारेका ३०० हाराहारी अण्डा खेर गएका छन् । चैत महिनापछि गोहीले अण्डा पार्दछन् । हाल रहेको भाले ४२ वर्ष उमेरको छ । अन्तर्राष्ट्रिय अनुसन्धानमा भालेले ५० वर्षसम्म प्रजनन गर्नसक्ने भनिए पनि यहाँको भालेले काम नगरेको खड्काको भनाइ छ । गोहीको उमेर मानिस सरह हुने बताइन्छ । खड्काले भने, “पछिल्ला वर्षहरुमा अण्डाबाट बच्चा कोरिलने क्रम घट्दै थियो । गत वर्ष त शून्य भयो ।” यस वर्ष समयमै भाले ल्याउन नसके प्रजनन केन्द्रमा पारेका अण्डा खेर जानेछ ।
उक्त भालेको वीर्यमा समस्या भएको हुनसक्ने बताउँदै खड्काले नेपालमा यससम्बन्धी परीक्षण गर्न चिकित्सक नभएको बताए । निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा गएको साउनमै यस समस्याका बारेमा पत्राचार गरिसकेको छ । विभागले गृहकार्य थालेको भए पनि सम्भव हुन सकेको छैन । विभागका सूचना अधिकारी हरिभद्र आचार्यले बर्दियाबाट भाले ल्याउन गृहकार्य गरिएको भए पनि त्यहाँ नै सङ्ख्या कम भएपछि ल्याउन नसकिएको बताए ।
तत्काल भारतबाट पनि ल्याउन सम्भव नरहेको भन्दै उनले समस्याको समाधान खोज्ने भन्ने विषयमा विभागले आवश्यक गृहकार्य गरिरहेको बताए । उनले भने, “तत्काल भाले ल्याउन गाह्रो छ ।” गोही प्रजननमा न्यून मात्रै भाले जन्मने गर्दछन् । निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा भालेको सङ्ख्या कम भएपछि तीन वर्ष अघि बर्दियाबाट एउटा भाले ल्याइएको थियो । हाल ती दुई नदीमा पाँच वटा भाले देखिएका छन् । सहायक संरक्षण अधिकृत खड्काले अर्को एक भाले पनि रहेको हुनसक्ने अनुमान गरिएको बताए ।
बर्दियाको बबईबाट ल्याइएको भाले हाल निकुञ्जको त्रिवेणी आसपासमा देखिने गरेको छ । भाले लाग्ने बेलामा पानीभित्र पोथीसँग समागम गर्ने गर्दछ । प्रजननका लागि योग्य भएका पोथी घडियाल भालेसँगै राखिने गरिएको छ । यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ । अहिले यस प्रजनन केन्द्रमा ६५६ वटा घडियाल गोही रहेका छन् ।
सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्किएका ८३५ गोही राप्तीमा छाडिसकिएको छ । नारायणीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छाडिसकिएको छ । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । हिउँदको समयमा ती नदी किनारमा गोहीको गुँडमा रहेका अण्डासमेत सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिन्छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: