सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले विषालु सर्प पाल्नका लागि खरीद गरेको जग्गा खाली गर्ने काम अन्तिम चरणमा पुगेको छ । विषालु सर्पपालनका लागि खरीद गरेको साढे आठ बिघा जग्गा खाली गर्ने काम अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका निर्देशक उमेश बरालले किसानलाई जग्गा खाली गराउन अग्रिम सूचना दिइएकामा हाललाई रुख, बोटबिरुवा आदि हटाइएको भए पनि केही जग्गामा उखु बाली भएको र किसानको उखु कटानको चलानसमेत नआइपुगेको गुनासो आएपछि किसानको वर्षौंको मेहनतलाई मध्यनजर गर्दै खाली गर्न केही समय थप गरिएको बताए । केही दिनमा अर्को सूचना निकाली ठेक्काको प्रक्रिया र जमीन सम्याउने कामसमेत एक साथ अगाडि बढाइने उनले बताए ।
नेपालभित्र ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न नसकेको र सर्पदंशको उपचारमा पनि भारतसँग निर्भर हुनु परिरहेको अहिलेको अवस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानले स्वदेशमै ल्याब स्थापना गर्न लागेको हो । एन्टी स्नेक भेनम उत्पादन तथा अनुसन्धान परियोजनाका लागि सङ्घीय, प्रदेश र लालबन्दी नगरपालिका गरी तीनवटै निकायसँग सम्झौता गरिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष एवं झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताए ।
प्रतिष्ठानले बोलपत्र आह्वान गरेपछि दर्ता हुन आउने संस्थालाई प्रक्रिया मिलाएर स्वीकृति गर्नुपर्ने थप काम बाँकी रहेकाले क्रमागतरुपमा फागुनको पहिलो सातादेखि परिसरसहित अस्पताल भवन र अन्य संरचना निर्माणको काम अगाडि बढाइने अध्यक्ष पन्तले बताए । उनका अनुसार दुई वर्षभित्र भवनलगायतका सबै संरचना बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्नेछ । यसरी उत्पादन गरिने विष शुरुमा भारतका ल्याबमा पठाइ ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाउने योजनामा आफू रहेको अध्यक्ष पन्तले बताए ।
नेपालको विभिन्न भूभागबाट ल्याइने घोडा र सर्प संरक्षणका लागि प्रतिष्ठानले थप योजना ल्याउनेछ । “विश्व बजारमा माग उच्च रहेको उद्योग र अनुसन्धान केन्द्र नेपालमा सञ्चालन हुनु देशका लागि गौरवको कुरा हो ।’’ स्थानीयस्तरमै सयौँको सङ्ख्यामा रोजगारीको अवसर सिर्जना हुनुका साथै लाखौँ मानिसको जीवनमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष पन्तको विश्वास छ ।
विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा मात्र बर्सेनि दुई हजार ५०० भन्दा बढी मानिसको ज्यान जाने गरेको छ । विषालु सर्पले डसेको एक जना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ । नेपालका सबै क्षेत्रका लागि आवश्यकतानुसार वार्षिक १० लाखसम्म भायल एन्टी भेनम आवश्यक पर्ने विज्ञले बताएका छन् । हाल नेपालमा सर्पको विषविरुद्धको औषधि भारतबाट आयात हुन्छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: