काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २८ असोजमा मन्त्रिपरिषद् पुनर्गठनका क्रममा रक्षामन्त्री ईश्वर पोखरेललाई हटाएर प्रधानमन्त्री कार्यालयमा ल्याए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रधानमन्त्री कार्यालयबाट समग्र सरकारको काम हेर्ने जिम्मेबारी भनिए पनि पोखरेललाई अधिकार प्रत्यायोजन गरिएन । अहिले पोखरेल विना विभागीय उपप्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री कार्यालयमा हाजिर गरिरहेका छन् ।
पोखरेललाई हटाइएपछि हिन्दुस्तान टाइम्सलगायत भारतीय सञ्चारमाध्यमले भारतसँग सम्बन्ध सुधारका लागि ओलीले यो कदम लिएको चर्चा गरे । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभणेले २ जेठमा आइडिएसएद्वारा आयोजित वेबिनारमा नेपालले अर्को देशको उक्साहटमा भारतले लिपुलेकसम्म सडक निर्माण गरेको विषयमा विरोध गरेको आरोप लगाएका थिए ।
त्यतिवेला नरभणेको भनाइ सेनाले खण्डन गरेन, रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय समाचार समितिलाई अन्तर्वार्ता दिएर कडा प्रतिवाद गरे । भारतप्रति अत्यन्तै आलोचनात्मक टिप्पणी गरिएको पोखरेलको अन्तर्वार्ताको भारतीय पक्षबाट विभिन्न च्यानलमार्फत प्रधानमन्त्री ओलीलाई विरोध आयो ।
ओली भारतसँग सम्बन्ध सुधारको प्रयास गरिरहेका थिए । भारतसँग सम्बन्ध सुधारका लागि ओलीले भारतीय रुचिअनुसार पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
पोखरेललाई रक्षा मन्त्रालयबाट पाखा लगाएको एक सातापछि भारतबाट गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल ५ कात्तिकमा काठमाडौं आएर ओलीसँग भेटवार्ता गरे । भारतीय वायुसेनाको विशेष विमानबाट आएका गोयलले प्रधानमन्त्री ओलीसँग राति तीनघन्टा वार्ता गरे । गोयलको भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो ।
नेपालमा उनको भ्रमणको विरोध भए पनि भारतले छिमेक नीतिको एउटा सरोकारवाला निकायको प्रमुखका रूपमा नेपाल पठाएको थियो । गोयल फर्केको दुई सातापछि १९ कात्तिकमा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभणे नेपाल भ्रमणमा आए ।
गोयल र नरभणेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश प्रधानमन्त्री ओलीलाई सुनाए । संयोगवश गोयलको भ्रमणअघि नेकपाको आन्तरिक विवाद मिलाउन सक्रिय रहेकी चिनियाँ राजदूत होउ यान्छी त्यसपछि चुपचाप बसिन् । त्यसयता नेकपाको आन्तरिक जीवनमा चीनको चासो देखिने गरी प्रकट भएको छैन ।
नरभणेपछि ११ मंसिरमा भारतीय परराष्ट्रसचिव हर्षवद्र्धन शृंगलाको भ्रमण भयो । रअ प्रमुख गोयल, सेनाध्यक्ष नरभणे, परराष्ट्रसचिव शृंगलापछि २५ मंसिरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरे ।
नेकपा महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको निमन्त्रणामा आएका चौथाइवालेले प्रधानमन्त्री ओली तथा उनीनिकटका नेता, प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा तथा जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेर दिल्ली फर्किए । उनी फर्केको दुई साता नबित्दै प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार संसद् भंग भएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: