देउखुरी । कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा रु ५० लाखको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका–१९ थानगाउँमा १५ वर्षका लागि २४ कठ्ठा जमिन वार्षिक रु ५० हजारमा भाडामा लिएर एक हजार ५०० कागतीका बिरुवा रोपेका छन् । दुई वर्ष पहिले रोपेका ती बिरुवाले यस वर्षदेखि उत्पादन दिन शुरु गरेका छन् ।
यस वर्ष १५ क्विन्टल कागती बिक्री गरेको उनले बताए । यहाँ उत्पादित कागती घोराही, तुलसीपुरको बजारसँगै काठमाडौँसम्म पुगेको छ । प्रतिकिलो रु १२० मा बिक्री गर्दै आएको उनले जानकारी दिए । कागती खेतीलाई विस्तार गर्ने र व्यवसायलाई निरन्तरता दिने सोच भएको खड्काले बताए ।
लमही नगरपालिका–८ गोजेना निवासी राजकुमार खड्काले राष्ट्रिय वाणिज्य बैंकको जागिरबाट अवकाशप्राप्त भएपछि व्यावसायिकरूपमा कागती खेती गरेका छन् । जागिरको सिलसिलामा विभिन्न ठाउँमा जाने अवसर मिलेकाले त्यहाँका किसानले गरेको व्यावसायिक कृषिले आकर्षण गरेपछि एक बिघा आफ्नो जमिनमा विभिन्न जातका १०० बिरुवा कागती लगाएको र पछि त्यसलाई विस्तार गरी ४०० बिरुवा पुर्याएको खड्काले बताए । राज बहुउद्देश्य कृषि फार्म दर्ता गरेर व्यावसायिक कागती खेतीमा लागेको खड्काले जनाए । उनले सुन कागती –१, सुन कागती–२, कलमी र लोकल जातका बिरुवा रोपेका छन् । कलमीले रोपेको दोस्रो वर्षमा नै फल दिन थालेको छ ।
उनलाई गत वर्ष कृषि ज्ञान केन्द्रले रु एक लाख सहयोग गरेको थियो । यो रकमबाट कागती बारीलाई व्यवस्थित गरिरहेको उनले बताए । लमही नगरपालिका–९ मा बगारबाबा कृषि फार्ममा कागतीका बिरुवा हुर्किरहेका छन् । छ जनाको लगानीमा चार बिघा जमिन भाडामा लिएर वार्षिक रु एक लाख २० हजार भाडा दिने गरी फार्म सञ्चालन गरिएको सदस्य गोविन्द रेग्मीले जानकारी दिए । फार्ममा सुनकागती २५०, मङ्गोलियन १००, रैथाने १०० गरी जम्मा ४५० बिरुवा रोपिएको छ ।
कागतीका बिरुवा रोपेको खाली ठाउँमा अदुवा, बेसार खेती गरेर खाली जमिनको सदुपयोग गरी अदुवा र बेसारबाट समेत आम्दानी हुने गरेको छ । कागती हेरचाहका लागि चार स्थानीयवासीलाई रोजगारी दिएको रेग्मीले बताए । “कागतीमा दाङलाई आत्मनिर्भर बनाउने सोच राखेका छौँ, कागतीलाई आवश्यक पर्ने हावापानी दाङमा भएकाले यसको खेती गरेका हौँ”, उनले बताए ।
स्वास्थ्यकर्मीका अनुसार मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फस्फोरस र पोटासियमजस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के जस्ता भिटामिन पाइन्छ । औषधीय गुण भएकाले कागतीले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसले मलेरिया, डायरिया, निमोनियाजस्ता रोगको सङ्क्रमण हुन दिँदैन । दाङको हावापानीमा कागती खेती आकर्षणको विषय बनेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले बताए ।
सरकारले किसानलाइ कृषि व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न अनुदानका कार्यक्रममा गत वर्ष कागती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच कृषि फार्मलाई अनुदान दिएको उनले बताए । राप्ती गाउँपालिकाको अतुल कृषि फार्म, रावत कृषि फार्म तुलसीपुर, बगरबाबा कृषि फार्म लमही, राजवहु कृषि फार्म लमही र दङ्गाली फलफूल कृषि फार्म अनुदान पाएका हुन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: