संघ, प्रदेश र स्थानीय तहको सरकारको अभ्याससँगै जनतामा विकासका आकांक्षा पनि बढेको र सीमित साधन स्रोत हुँदा अन्तरविरोध
काठमाडाै । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९१ बिन्दुले उकालो लागेर दुई हजार १९४.४८ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार २०० को बिन्दु पछ्याएको देखिन्छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०८ बिन्दुले उकालो लागेर ४२१.२२ बिन्दुमा पुगेको छ । कारोबार भएका कूल २०८ कम्पनीको एक करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर रु पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार २७९ मूल्यमा खरिद बिक्री भए ।
पछिल्लो वृद्धिसँगै बजार पूँजीकरणका आधारमा रु २९ खर्ब ५५ अर्ब ८६ करोड ४६ लाख बराबर हुन पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर ३.६४ ले घट्दा बैंकिङ १३.०४, व्यापार ११२.६१, होटल ५.९४, विकास बैंक १०, जलविद्युत् १०.६४, वित्त १०.२४, निर्जीवन बीमा १४४.८६, उत्पादन ११५.८३, लघुवित्त ४६.५३, जीवन बीमा ३८.८५ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३१ करोड ७१ लाख ३६ हजार २७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ४४ लाख ३८ हजार ९६, चिलिमे हाइड्रोपावर रु २४ करोड ७९ लाख ४५ हजार ४२२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड तीन लाख ३० हजार ८०१, एनआइसी एशिया बैंक रु २२ करोड ६१ लाख ६०७, हिमालयन डिस्टिलरी रु २० करोड १७ लाख ६५ हजार ७२६, शिखर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७६ लाख सात ६०६ र शिवम् सिमेन्ट रु १३ करोड ९० लाख ५३ हजार ३९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबार भएका कम्पनीमध्ये ११२ कम्पनीको शेयर उकालो लाग्दा ४७ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै विभिन्न १६ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएको छैन । मल्टिप्रपोज फाइनान्स १०, मिर्मिरे माइक्रोफाइनान्स ९.९२, आइएमई जनरल इन्स्योरेन्स ९.९२, नारायणी डेभलमपेन्ट बैंक ९.९१, प्रभु लाइफ इन्स्योरेन्स ९.८३, गुर्खाज फाइनान्स ८.१३, सिभिल लघुवित्त ७.७६, एनएलजी इन्स्योरेन्स ७.४३ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले ७.३५ प्रतिशतले कमाए । त्यसैगरी एभरेष्ट बैंक ३.८१, खानीखोला हाइड्रोपावर ३.५७, कालिका पावर २.९१, रैराङ हाइड्रोपावर २.८०, रसुवागढी हाइड्रोपावर २.४१, पाँचथर पावर कम्पनी २.४०, जानकी फाइनान्स २.३३ र माउण्टेन इनर्जीका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: