Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

सिङ्गटी हाइड्रोपावरमा स्थानीयवासीलाई शेयर हाल्ने समयावधि थप

चरीकोट । दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको शेयर हाल्ने समयावधि थप गरेको छ ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको सिङ्गटी हाइड्रोमा प्रभावित क्षेत्रका स्थानीयवासीका लागि यही माघ ४ देखि माघ १८ गतेसम्म साधारण शेयर निष्कासन गरेको थियो । पहिलो चरणमा स्थानीयवासीले शेयर भर्नका लागि धेरै छुटेको भन्दै कम्पनीले आइतबारदेखि १५ दिनसम्म म्याद थप गरेको छ ।

प्रभावित क्षेत्र कालिन्चोक गाउँपालिका र विगु गाउँपालिकाका नागरिकले आगामी फागुन २ गतेसम्म शेयर आवेदन गर्नका लागि समय थप गरेको कम्पनीले जनाएको छ । प्रतिसाधारण शेयर रु १०० अङ्कित दरका १४ लाख ५० हजार कित्ता शेयर कम्पनीले निष्कासन गरेको थियो । स्थानीयवासीले न्यूनतम १० कित्तादेखि दुई लाख कित्तासम्म आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।

यही माघ १८ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेकामा काठमाडौँलगायत विभिन्न क्षेत्रमा रहेकाले शेयर हाल्न छुटेको र कम्पनीले जारी गरेअनुसार आवेदन नपरेको हुँदा फागुन २ गतेसम्म आवेदन गर्न सकिने गरी समय थप गरेको हो । दोलखामा निर्माण भएको २५ मेगावाटको जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधरणका लागि कम्पनीको ३० प्रतिशत शेयर छुट्याएको छ ।

प्रभावित क्षेत्रका स्थानीयवासीका लागि शेयर बाँडफाँट हुनासाथ सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीले शेयर निष्कासन तथा बाँडफाँट गर्नका लागि मेघा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । स्थानीयवासीलाई शेयर हाल्नका लागि आयोजनाको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेघा क्यापिटलले जिल्लाको सिङ्गटी, वावरेलगायत आयोजनास्थलमा समेत व्यवस्था मिलाएको छ । प्रभावित क्षेत्रका स्थानीयवासी बैंकको पहुँचबाट टाढा रहेको हुँदा हरेक नागरिकलाई समेट्ने उद्देश्यले ती क्षेत्रमा शेयर आवेदन गर्नका लागि व्यवस्था मिलाइएको कालिन्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए ।

सिङ्गटीमा निर्माण गरेको २५ मेगावाटको सो आयोजना निर्माण कार्यसम्पन्न भइसकेको छ । निर्माण सम्पन्न गरी परीक्षणसमेत भइसकेको हाइड्रो १३२ केभीको सिङ्गटी लामोसाँगु राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य पूरा नभएका कारण विद्यत् प्रसारण लाइनमा जोडिन सकेको छैन । प्रसारण लाइनको पर्खाइमा रहेको उक्त आयोजना विद्युत् सङ्कटका बेलामा सरकारद्वारा विद्युत् सङ्कट निवारणका लागि छनोटमा परेको आयोजना हो ।

सरकारले विद्युत् सङ्कट निवारणका लागि भन्दै बास्केटमा रहेको आयोजनामध्ये प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको जिम्मा दिएको थियो । सरकारले २१० मेगावाट क्षमताका छ आयोजनालाई ‘सुपर सिक्स’ नामबाट निजी क्षेत्रलाई दिएकामा सो आयोजना निर्माण सम्पन्न भई शेयर निष्कासन गर्ने पहिलो हाइड्रो पावर बनेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies