Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

खेललाई सबै नेपालीले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेलकूद क्षेत्रको विकासमा सरकारको सहयोगी भूमिका रहने बताएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आज आयोजना गरेको ‘खेलकूदसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले सरकारले खेलकूद क्षेत्रलाई चलायमान बनाउन योजनाबद्ध ढङ्गले काम गरिरहेको बताए ।

यस वर्ष कोरोना भाइरसको महामारीका कारण खेलकूदमा अरु वर्षभन्दा न्यून बजेट उपलब्ध गराइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले आगामी वर्ष आवश्यक बजेट उपलब्ध गराइने आश्वासन दिए । नेपालले गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा उल्लेख्य उपलब्धि हासिल गरेकामा खुशी व्यक्त गर्दैै आगामी प्रतियोगितामा पनि नेपाली खेलाडीले देशको गौरव बढाउँदै जाने विश्वास व्यक्त गरे । हालै नेपाली टोलीले विश्वको दोस्रो अग्लो हिमाल केटु को सफल आरोहण गरी कीर्तिमान कायम गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालीले हार्न नजानेको बताए ।

खेललाई सबै नेपालीले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्ने प्रधानमन्त्री ओलीले सुझाव दिए । जहिले पनि स्वर्ण पदक नै प्राप्त गर्ने गरी प्रतियोगितामा भाग लिन उहाँले खेलाडीसँग आग्रह गरे । खेलाडीलाई सफलता दिलाउन प्रशिक्षक र सम्म्बन्धित खेल सङ्घको अहं भूमिका रहेको जनाउँदै प्रधानमन्त्री ओलीले न्यून स्रोत साधन भए पनि नेपालले खेलकूद क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्दै गएको बताए ।

प्रधानमन्त्री ओलीले कुनै पनि प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा भेदभाव नगर्न र उत्कृष्ट खेलाडी छनोटमा जोड दिन प्रशिक्षक तथा खेल पदाधिकारीलाई सुझाव दिए । “खेलकूदको खर्चलाई बेकारको ठान्नु हुँदैन, खेलकूद पनि उत्पादक क्षेत्र हो, खेलकूदमा गरिएको लगानी खेर जाँदैन, यसले देशकै गौरव बढाउँछ”, उनले भने । नेपालको भूगोलअनुसारका खेल अघि बढाउन तथा परम्परागत र मौलिक खेलको अन्तरराष्ट्रियकरण गर्न जरुरी रहेको उनको भनाइ थियो ।
अहिले सातै प्रदेशमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको र आगामी दिनमा थप योजना अघि बढाइने उनले आश्वासन दिए । केही ठाउँमा कामको जस कसले लिने भन्ने विवाद खडा गरेका कारण पूर्वाधार निर्माण समयमै सम्पन्न हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कार्यक्रममा सहभागी खेलाडी, प्रशिक्षक र पदाधिकारीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अस्थायी र करारमा काम गर्दै आएका कर्मचारी तथा दुई दशकदेखि एउटै तहमा काम गर्दै आएका कर्मचारीको समस्या समाधानका लागि प्रतिवेदन पेश गर्न युवा तथा खेलकूदमन्त्री दावा लामा तामाङलाई निर्देशन दिए । खेलकूदमा सम्बन्धित मन्त्री र पदाधिकारीले आआफ्ना मान्छे भर्ना गर्दा पनि समस्या आउने गरेको उनको भनाइ थियो । मूलपानीमा निर्माणाधीन क्रिकेट मैदान चाँडै सम्पन्न गर्न सरकारले पहल गर्ने प्रधानमन्त्री ओलीले आश्वासन दिए । यस्तै राष्ट्रिय खेल भलिबलको विकासका लागि राजधानीमा सुविधासम्पन्न कभर्ड हल निर्माण गर्न जग्गा तथा भौतिक पूर्वाधार निर्माणको काम दुई वर्षभित्र सम्पन्न गरिने उनले बताए ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री तामाङले खेलकूदको विकासका लागि आफूले सक्दो पहल गर्ने तथा खेलाडी, प्रशिक्षक, सङ्घका पदाधिकारी र कर्मचारीसित छलफल गरी योजना अगाडि बढाइने जानकारी दिए । अन्तरक्रियाको प्रारम्भमा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सरकारले खेलकूदमा लगानी बढाउनुपर्ने र त्यसले परिणाम पनि राम्रो दिने जनाउँदै नेपालको खेलकूदको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराए थिए। उनले हरेक जनताका बीचमा खेलकूद पुर्याउनु आवश्यक छ भन्दै सरकारले भौतिक पूर्वाधार, तालीमलगायत विषयमा लगानी गर्नु आवश्यक रहेको बताए । अन्तरक्रिया कार्यक्रममा खेलाडी, प्रशिक्षक, विभिन्न खेल सङ्घका पदाधिकारी तथा खेलप्रेमीको उल्लेख्य सहभागिता थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy