काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले घरेलु तथा साना उद्योग समिति विस्तार गरेको छ । महासङ्घको कार्यकारिणी समिति सदस्य डिबी बस्नेतकोे सभापतित्वमा गठित समितिको सह–सभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चयन भएका छन् ।
समितिको सदस्यमा महासङ्घको कार्यकारिणी समिति सदस्य तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कु“वर छन्।
समितिका विशेष आमन्त्रितमा रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष केशवप्रसाद घिमिरे, दोलखा उद्योग वाणिज्य सङ्घका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष डासुराज पोख्रेल, काभ्रे उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष लक्ष्मीलाल राजभण्डारीलगायत छन् ।
समिति विस्तार गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले भने, “नेपालमा सञ्चालित उद्योगधन्दामा साना तथा मझौलाको अंश लगभग ८६ प्रतिशत छ । अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान छ ।” साना तथा मझौला उद्योग व्यवसाय अधिकांश असङ्गठित क्षेत्रमा रहेकाले कोभिडका कारण यसमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएको भन्दै उनले यस क्षेत्रलाई माथि उठाउन के कस्तो सहयोग आवश्यक छ त्यसमा समितिले गहन अध्ययनसहित सुझाव तयार गर्नुपर्ने बताए ।
महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले घरेलु तथा साना उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले के गर्दा यो क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ र यस क्षेत्रलाई निर्वाध सञ्चालनमा सहयोग गर्न सकिन्छ भन्ने ध्येयका साथ काम गर्न समितिलाई आग्रह गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: