Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

विकास र समृद्धिका लागि निर्वाचन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

प्रेस सङ्गठन नेपाल, गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पारे ।

प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनको जोड थियो । मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्दै पोखरेलले पार्टीभित्र देखिएको पदोलोलुपता र सत्तालिप्साको कारण लक्षित योजनाले साकार पाउन नसकेको धारणा राखे ।

पत्रकार पेशागत दक्षताको विकाससँगै विचारमा जिम्मेवारी हुनुपर्नेमा जोड दिँदै उनले सरकारले तीनवर्षे कार्यकालमा गरेका उपलब्धिलाई जनता समक्ष पर्याउन मिडियाले भूमिका खेल्नुपर्ने बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कोपी शर्मा ओली नेतृत्व नै नेकपा आधिकारिक पार्टी भएको कारण सूर्य चिन्ह पनि बाहिर नजाने बताउँदै उनले मुलुकको स्थायित्वका लागि निर्वाचनमा जुट्न सबैलाई आग्रह गरे ।

सरकारले जनतालाई स्वास्थ्यमा पहुँच पुर्याउने लक्ष्यका साथ मुलुकको इतिहासमै पहिलो पटक एकै दिनमा ३०९ वटा अस्पतालको शिलान्यास गरेको बताउँदै उनले अस्पतालको भौतिक संरचना निर्माणका लागि रु ५६ अर्ब विनियोजन गरेको जानकारी दिए ।

गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य किरण गुरुङले जनाधार बलियो भएको पार्टीमा बासको सुत्लो उकिएको एउटा टुक्राले पार्टीलाई कुनै असर नपर्ने बताए । पूर्वमन्त्री तथा नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहईञ्चार्ज खगराज अधिकारीले लोकतन्त्रमा निर्वाचन सर्वोत्तम विधि भएको बताउँदै देशव्यापी पार्टीले गरेको जनप्रदर्शन निर्वाचनको तयारीका लागि भएको स्पष्ट पारे ।

पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सदस्य जगत विश्वकर्माले पार्टीेको आन्तरिक जीवनमा घटेको घटनाले राष्ट्रिय स्वाधिनता र अधूरो समृद्धिको यात्रालाई पूरा गर्न निर्वाचनमा जानुको विकल्प नभएको बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवी पत्रकारहरुको छाता सङ्गठन पत्रकार महासङ्घले पार्टी र व्यक्तिको नभई श्रमजीवी पत्रकारको हितमा काम गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारले व्यावसायिक मर्यादा पालना गर्दै जनताको अधिकारको सुनिश्चितता एवं लोकतन्त्रको रक्षातर्पm लाग्नुपर्ने बताए।

प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सङ्गठनलाई सुदृढ र सङ्गठित रुपमा अघि बढाउन सबैको सहयोग आवश्यक रहने बताउँदै विगतमा नखुलेका प्रेस सङ्गठन सम्वद्ध सदस्य पछिल्ला दिनमा मूलधारतर्फ आकर्षित भएको जानकारी दिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं सङ्गठनका इञ्चार्ज राजेन्द्र गौतम, प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गङ्गाधर पराजुली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, सङ्गठनका नेताहरु गणेश पाण्डे, शान्ति गुरुङ, दुर्गा शर्मा, पत्रकार उजिर मगर, रामकृष्ण शर्मालगायतले मुलुकको वर्तमान अवस्था र पत्रकारिता क्षेत्रको भूमिका माथि चर्चा गरेका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy